लागु औषध सहित मानिस नियन्त्रणमा ।

भदौ १३, कपिलवस्तु

मिति २०७८।०५।१३ गते अं.११:०० वजेको समयमा जिल्ला कपिलवस्तु बाणगंगा नगरपालिका वडा नं.-२ कोठीपुल स्थित पुर्व पश्चिम महेन्द्र राजमार्ग सडक खण्डमा सवारी चेक जाँचको लागि खटिएको प्रहरी गस्ती टोलिले शंका लागि पश्चिमबाट पुर्व तर्फ चालक जिल्ला अर्घाखाँची सन्धिखर्क नगरपालिका वडा नं. ७ सन्धिखर्क बस्ने बर्ष २२ को निसान्त जि.एमले चलाई आउँदै गरेको लु ३६ प ७५५२ नम्बरको मोटरसाईकललाई रोकी कानुनी रितपुर्वक चेकजाँच गर्ने क्रममा निजले लगाएको कालो पाईन्टको  पछाडीको दाहिने पट्टीको गोजिमा रहेको STRIKER लेखिएको कालो पर्सको सानो बटनवाला गोजीमा लुकाई छिपाई गरी कालो प्लाष्टिकमा बेरी राखेको अवस्थामा लागु औषध जस्तो देखिने खैरो गिलो पदार्थ प्लाष्टिक सहित एक मुष्ट तौल गर्दा १.१० ग्राम र सोही मोटरसाईकल पछाडी सवार जिल्ला अर्घाखाँची सन्धिखर्क नगरपालिका वडा नं. ७ सन्धिखर्क बस्ने बर्ष २६ को प्रकाश आचार्यको शरिर खानतलासी गर्ने क्रममा निजले लगाएको हरियो रंगको पातलो ज्याकेटको दाहिने गोजिमा लुकाई छिपाई गरी कालो प्लाष्टिकमा बेरी राखेको अवस्थामा लागु औषध जस्तो देखिने खैरो गिलो पदार्थ प्लाष्टिक सहित एक मुष्ट तौल गर्दा २.२० ग्राम लागु औषध जस्तो देखिन खैरो गिलो पदार्थ र मोटरसाईकल स्थानीय जनप्रतिनिधीको रोहवरमा वरामद गरी खानतलासी मुचुल्का साथै तौल मापन गरी मोटरसाईकल सहित उक्त व्यक्तिहरुलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहेको । दुबै जनाको साथवाट वरामद भएको उक्त लागु औषध प्लाष्टिक सहित एकमुष्ट तौल गर्दा ३.३० ग्राम लागु औषध वरामद भएको ।