लागु औषध सहित मानिस नियन्त्रणमा ।

भदौ १३, कपिलवस्तु

मिति २०७८।०५।१३ गते अं.१३:०० बजेको समयमा जिल्ला कपिलवस्तु कपिलवस्तु नगरपालिका वडा नं.- १० स्थित पचेहरा हाटबजार भन्ने स्थानमा लागु औषध कारोबार भईरहेको छ भन्ने बिषेश सूचनाको आधारमा तत्काल ईलाका प्रहरी कार्यालय पिपरा कपिलवस्तुबाट प्रहरी टोली खटि गई उक्त स्थानको तौलिहवा जितपुर सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ चालक जिल्ला कपिलवस्तु नगरपालिका वडा नं. ११ बस्ने अं. बर्ष २७ को गणेश बरईले चलाई आउँदै गरेको लु ८ प ९०५९  नं. मोटरसाईकल शंका लागि रोकी कानुनी रितपुर्वक चेक जाँच गर्ने क्रममा निजले लगाएको कालो हाप पाईन्टको दाहिने गोजीमा कालो प्लाष्टिकले बेरी राखेको अवस्थामा २ वटा पुडिया लागु औषध जस्तो देखिने गिलो खैरो पदार्थ वरामद गरी प्लाष्टिक सहित एक मुष्ट तौल गर्दा ६.१३० ग्राम लागु औषध र मोटरसाईकल सहित मानिस नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।