सिस्ने खोलाले कार बगाउँदा ४ जनाको मृत्यु, १ जना घाइते

दाङ, १७ भदौ

घोराही उपमहानगरपालिका-४ गोग्लीस्थित सिस्ने खोलाले प्रदेश ३-०१-०२४ च ४४४० नम्बरको कार बुधबार राति  बगाउँदा ४ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा कारमा सवार सोही उपमहानगरपालिका-१३ बस्ने ३२ वर्षीया शुशिला श्रेष्ठ, सोही ठाउँ बस्ने ४० वर्षीया रितामाया पुन, सोही उपमहानगरपालिका-१४ बस्ने ३२ वर्षीया राधा कुवर र सोही ठाउँ बस्ने ४२ वर्षीया बिमला के.सी. रहेका  छन् ।

नेपालगंजबाट घोराहीतर्फ जाँदै गरेको उक्त कार बगाएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दाङ र प्रहरी चौकी गोग्लीबाट खटिएको प्रहरीले कार चालक घोराही उपमहानगरपालिका-१५ बस्ने ४३ वर्षीय नर बहादुर पुन घाइते अवस्थामा फेला पारी उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीतर्फ पठाएको छ ।