लागु औषध (ब्राउन सुगर) सहित २ जना मानिस पक्राउ ।

भदौ २१, बाँके

मिति २०७८।०५।२१ गते अं. १७ः१० बजेको समयमा जिल्ला बाँके नेपालगंज उप-महानगरपालिका वडा नम्बर ०४  सल्यानि बङगला स्थित ऐ.ऐ. बस्ने बर्ष २६ को मोहन लाल कहार र ऐ. ०७ बस्ने बर्ष २३ को अबेस जोलाह लाई  जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलि र लागु औषध ब्युरोबाट खटिएको संयुक्त टोलिले संका लागी चेक जाँज गर्दा  निज मोहन लाल  कहारको साथ बाट ९ ग्राम ५०० मिलि ग्राम  ब्राउन सुगर सहित २ जना मानिसलाई नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धान कार्य भईरहेको ।