सार्वजनिक सुविधा
चारित्रिक प्रमाणपत्र
नेपाल प्रहरीले बिभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र उपलब्ध गराई पाऊ भनी अनलाईन निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकहरूलाई चारीत्रिक प्रमाणपत्र उपलब्ध गराउने गर्दछ ।
सम्पर्क जानकारी
कार्यालय प्रमुख
प्र.ना.म.नि. दान बहादुर कार्की
ईमेल: lumbini@nepalpolice.gov.np
कार्यालय सम्पर्क नम्बर:
082-523410
-
सवारी दुर्घटनामा १ जनाको मृत्यु
२०८१-१२-१४रूपन्देही, बुटवल उपमहानगरपालिका-१० स्थित सडकमा बागमती प्रदेश-०१-०३१ च ५००२ नम्बरको कारमा लु.३६ प ८४४० नम्बरको मोटरसाइकल ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक तिलोत्तमा नगरपालिका-२ बस्ने ६० वर्षीय खेम राज पाठकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
[ विस्तृतमा ] -
सवारी दुर्घटनामा ४ जनाको मृत्यु
२०८१-१२-१४अर्घाखाँची, शितगंगा नगरपालिका-२ भुवनपाटास्थित सडकमा लु.२ ख ३०३ नम्बरको बस अनियन्त्रित भई बुधबार साँझ दुर्घटना हुँदा बसमा सवार ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका बस चालक नवलपरासी पश्चिम बर्दघाट बस्ने ५० वर्षीय मदन कुमार वि क, बसमा सवार रूपन्देही बुटवल उपमहानगरपालिका-८ बस्ने ५५ वर्षीया जमुना बस्याल, नवलपरासी पश्चिम भुमही बस्ने ५० वर्षीया उमा न्यौपाने र ६५ वर्षीया गायत्री न्यौपानेको प्राथमिक स्वास्थय केन्द्र ठाडामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बसमा सवार अन्य २४ जनाको भैरहवा मेडिकल कलेज रूपन्देहीमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
[ विस्तृतमा ] -
अवैध लागूऔषध सहित २ जना पक्राउ
२०८१-१२-१४बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाह ४ नम्बर चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-४ खैरेनी बस्ने २१ वर्षीय सुनिल बिक र १९ वर्षीय प्रेम बहादुर बिक रहेका छन् । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतको बलेगाउँबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
[ विस्तृतमा ]
हाईलाईटहरु
- प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूहहरू तर्फ रिक्त प्रा.प्र.नि.,प्रा.प्र.ना.नि. र प्रा.प्र.स.नि. पदहरूको विज्ञापन प्रकाशन सम्बन्धी सूचना (२०८१-१२-१५)
- प्रहरी जवान (जनपद) पदको विस्तृत स्वास्थ्य परीक्षणको नतिजा प्रकाशन सम्बन्धी सूचना (२०८१-१२-०३)
- प्रहरी जवान (जनपद) पदको प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरूस्ती परीक्षा तालिका सम्बन्धी सूचना (२०८१-१०-२१)
- प्रहरी कार्यालय सहयोगी पदको प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरूस्ती परीक्षा तालिका सम्बन्धी सूचना (२०८१-१०-२१)
- प्रहरी सहायक निरीक्षक (जनपद) पदको लिखित परीक्षा कार्यक्रम निर्धारण गरिएको सम्बन्धी सूचना (२०८१-०९-०२)
- जनपद प्रहरी समूह तर्फ प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरूको विज्ञापन प्रकाशन सम्बन्धी सूचना (२०८१-०८-२१)
- प्रहरी निरीक्षक (जनपद) पदको विस्तृत स्वास्थ्य परीक्षणको नतिजा प्रकाशन सम्बन्धी सूचना (२०८१-०८-१६)
Report and Publication
