प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नवलपरासी (पश्चिम):- लागुऔषध सहित ३ जना मानिस नियन्त्रणमा ।

२०७९-०३-२९

  • A
  • A-
  • A+
Share

जिल्ला नवलपरासी सरावल  गा.पा.- ६ बड्सारे स्थित प्र.नि. मेघनाथ चापागाँई सहितको टोलीले पारसनाथ गुप्ताको घरमा मिति २०७९।०३।२८ गते अं १५:०० बजे निम्न प्रकारको लागुऔषध प्याकिङ गर्ने क्रममा निम्न मानिस सहित लागु औषध, थान ४ मोबाईल र १ थान पावर बैङ्क सहित नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय महेशपुर नवलपरासी पश्चिममा थप अनुसान्धान कार्य भई रहेको ।

निम्न लागु औषधः-

     १) नुरफिन १०० पिस ।

     २) डाईजेपाम ८ पिस ।

     ३) फेनरागन १९७ पिस

      ४) जम्मा ३०५ पिस ।

      ५)  नुरफिनको स्टिकर ९१५ थान ।

         

निम्न मानिसहरुः-

१) ऐ.ऐ.बस्ने बर्ष १७ को प्रलाद कहाँर ।

२) ऐ.ऐ. बस्ने बर्ष १८ को राजन गुप्ता ।

) ऐ.ऐ. बस्ने बर्ष १५ को कृष्ण मोहन शहानी ।

सम्बन्धित समाचार
छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु
२०८१-०१-२८

            कपिलवस्तु, विजयनगर गाउँपालिका-६ खजनीस्थित सडकमा लु.५ त ७१३ नम्बरको ट्याक्टर र युपि ५५ एम ९८७२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक कृष्णनगर नगरपालिका-१ डिमै बस्ने २९ वर्षीय गुफरान खाँनको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको चौराह अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।                        रूपन्देही, बुटवल उपमहानगरपालिका-९ तिनकुनेस्थित सडकमा तिनकुनेबाट योगिकुटीतर्फ जाँदै गरेको लु.७२ प ७७२२ नम्बरको मोटरसाइकल गएराति दुर्घटना हुँदा मोटरसाइकलमा सवार दैलेख घर भएका २२ वर्षीय जगत बिकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।             नवलपरासी पश्‍चिम, सुस्ता गाउँपालिका-३ बिगेटस्थित सडकमा कुडियाबाट रतनगंजतर्फ जाँदै गरेको लु.३ त २८४ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार सुस्ता गाउँपालिका-५ तरेनी बस्ने सुरेन्द्र कंकरको छोरा १३ वर्षीय गोलु भन्ने रोहित कंकरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।              दाङ, तुल्सीपुर उपमहानगरपालिका-३ साततलेस्थित सडकमा खमारीदेखि तुल्सीपुरतर्फ जाँदै गरेको रा.१ ह ५७६९ नम्बरको अटो सडकबाट अन्दाजी ३० मिटर तल खोलामा खसेर शनिबार बिहान दुर्घटना हुँदा अटो चालक सोही उपमहानगरपालिका-३ बस्ने २७ वर्षीय जिवन घर्तीको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।