प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषधसहित पाँच जना पक्राउ

२०८०-०७-१०

  • A
  • A-
  • A+
Share

बर्दिया१० कात्तिक

मधुवन नगरपालिका-६ गाउँ नम्बर ४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित ५ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मधुवन नगरपालिका-७ गाउँ नम्बर ७ बस्ने २३ वर्षीय संदिप नेपाली, सोही नगरपालिका-५ गाउँ नम्बर ८ बस्ने २२ वर्षीय माधब भण्डारी, सोही नगरपालिका-६ गाउँ नम्बर ४ बस्ने गणेश ओली, सोही नगरपालिका-७ बस्ने १८ वर्षीय किशोर र १६ वर्षीय किशोर रहेका छन् ।

            ई‍लाका प्रहरी कार्यालय ढोढरीबाट गस्तीमा खटिएको प्रहरी टोलीले संदिप नेपालीलाई ४० मिलिग्राम, माधब भण्डारीलाई ३० मिलिग्राम, गणेश ओलीलाई २ सय मिलिग्राम तथा नगद २४ हजार ४ सय २६ रूपैयाँ र दुई जना किशोरलाई ६० मिलिग्राम उक्त पदार्थसहित पक्राउ गरेको हो ।

            यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु
२०८१-०१-२८

            कपिलवस्तु, विजयनगर गाउँपालिका-६ खजनीस्थित सडकमा लु.५ त ७१३ नम्बरको ट्याक्टर र युपि ५५ एम ९८७२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक कृष्णनगर नगरपालिका-१ डिमै बस्ने २९ वर्षीय गुफरान खाँनको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको चौराह अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।                        रूपन्देही, बुटवल उपमहानगरपालिका-९ तिनकुनेस्थित सडकमा तिनकुनेबाट योगिकुटीतर्फ जाँदै गरेको लु.७२ प ७७२२ नम्बरको मोटरसाइकल गएराति दुर्घटना हुँदा मोटरसाइकलमा सवार दैलेख घर भएका २२ वर्षीय जगत बिकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।             नवलपरासी पश्‍चिम, सुस्ता गाउँपालिका-३ बिगेटस्थित सडकमा कुडियाबाट रतनगंजतर्फ जाँदै गरेको लु.३ त २८४ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार सुस्ता गाउँपालिका-५ तरेनी बस्ने सुरेन्द्र कंकरको छोरा १३ वर्षीय गोलु भन्ने रोहित कंकरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।              दाङ, तुल्सीपुर उपमहानगरपालिका-३ साततलेस्थित सडकमा खमारीदेखि तुल्सीपुरतर्फ जाँदै गरेको रा.१ ह ५७६९ नम्बरको अटो सडकबाट अन्दाजी ३० मिटर तल खोलामा खसेर शनिबार बिहान दुर्घटना हुँदा अटो चालक सोही उपमहानगरपालिका-३ बस्ने २७ वर्षीय जिवन घर्तीको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।