प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

२२५ क्विन्टल मटर सहित ६ भारतिय ट्रक प्रहरीको नियन्त्रणमा

२०७८-०६-०७

  • A
  • A-
  • A+
Share

कपिलबस्तु ६ असोज,

कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नं. २ गल्लामण्डीबाट २२५ क्विन्टल हरियो मटर सहित ६ ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ। मिति २०७८।०६।०६ गते  २१:४५ बजे  नेपालबाट भारततर्फ लैजानको लागि निम्न  ट्रकहरुमा  निम्नाअुसारको परिमाणमाट मटर लोड गरी बाटोमा रोकी राखेको अवस्थामा प्रहरीले ट्रकहरुबाट उक्त हरियो मटर बरामद गरेको छ ।

                           निम्न

  • UP35T2453 नं. हरियो केराउ (मटर) प्रति बोरा २५ के.जी. का दरले १४० बोरा (जम्मा ३५ क्विन्टल) हालको बजार मुल्य प्रति के.जी. रु.१,२०।– रुपैया । जम्मा मुल्य रु.४,२०,०००।-
  • UP53T3658 नं. हरियो केराउ (मटर) बोरा २५ के.जी. का दरले १४० बोरा (जम्मा ३५ क्विन्टल) जम्मा ३५०० के.जी. । हालको बजार मुल्य प्रति के.जी. रु.१,२०।– रुपैया । जम्मा मुल्य रु.४२०,००।–
  • UP-71T1184नं. हरियो केराउ (मटर) प्रति बोरा २५ के.जी. का दरले १४० बोरा (जम्मा ३५ क्विन्टल) जम्मा ३५०० के.जी. । हालको बजार मुल्य प्रति के.जी. रु. १,२०।- रुपैया । जम्मा मुल्य रु.४,२०,०००।–
  • UP-55T1254 नं. हरियो केराउ (मटर) प्रति बोरा २५ के.जी. का दरले १४० बोरा (जम्मा ३५ क्विन्टल) जम्मा ३५०० के.जी. । हालको बजार मुल्य प्रति के.जी. रु. १,२०।- रुपैया । जम्मा मुल्य रु.४,२०,०००।-
  • UP-55T0966 नं. हरियो केराउ (मटर) प्रति बोरा २५ के.जी. का दरले १४० बोरा (जम्मा ३५ क्विन्टल) जम्मा ३५०० के.जी. । हालको बजार मुल्य प्रति के.जी. रु. १,२०।- रुपैया । जम्मा मुल्य रु.४,२०,०००।-
  • UP-78AT8825 नं. हरियो केराउ (मटर) प्रति बोरा २५ के.जी. का दरले २०० बोरा (जम्मा ५० क्विन्टल) जम्मा ५००० के.जी. । हालको बजार मुल्य प्रति के.जी. रु. १,२०।- रुपैया । जम्मा मुल्य रु.६,००,०००।-

जम्मा केराउ (मटर) २२५क्विन्टल (२२,५०० के.जि.) को मुल्य जम्मा रु.२७,००,०००।– (सत्ताईस लाख) मात्र ।

सम्बन्धित समाचार
छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु
२०८१-०१-२८

            कपिलवस्तु, विजयनगर गाउँपालिका-६ खजनीस्थित सडकमा लु.५ त ७१३ नम्बरको ट्याक्टर र युपि ५५ एम ९८७२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक कृष्णनगर नगरपालिका-१ डिमै बस्ने २९ वर्षीय गुफरान खाँनको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको चौराह अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।                        रूपन्देही, बुटवल उपमहानगरपालिका-९ तिनकुनेस्थित सडकमा तिनकुनेबाट योगिकुटीतर्फ जाँदै गरेको लु.७२ प ७७२२ नम्बरको मोटरसाइकल गएराति दुर्घटना हुँदा मोटरसाइकलमा सवार दैलेख घर भएका २२ वर्षीय जगत बिकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।             नवलपरासी पश्‍चिम, सुस्ता गाउँपालिका-३ बिगेटस्थित सडकमा कुडियाबाट रतनगंजतर्फ जाँदै गरेको लु.३ त २८४ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार सुस्ता गाउँपालिका-५ तरेनी बस्ने सुरेन्द्र कंकरको छोरा १३ वर्षीय गोलु भन्ने रोहित कंकरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।              दाङ, तुल्सीपुर उपमहानगरपालिका-३ साततलेस्थित सडकमा खमारीदेखि तुल्सीपुरतर्फ जाँदै गरेको रा.१ ह ५७६९ नम्बरको अटो सडकबाट अन्दाजी ३० मिटर तल खोलामा खसेर शनिबार बिहान दुर्घटना हुँदा अटो चालक सोही उपमहानगरपालिका-३ बस्ने २७ वर्षीय जिवन घर्तीको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।