प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
समाचार : जानकारीमूलक
सुशासन र समृद्धिको अभियानमा उच्च समर्पणसहित योजनाबद्ध रूपमा कार्य गर्नुपर्ने : उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठ
२०८०-११-११

बाँके, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने, समृद्धि हासिल गर्ने, शान्ति प्रकियाका बाँकी काम सम्पन्न गरी दिगो शान्ति स्थापना गर्ने कार्य वर्तमान सरकारको मुख्य कार्यभार रहेको उल्लेख गर्दै सुशासन र समृद्धिको अभियानमा सबैले उच्च समर्पणसहित योजनाबद्ध रूपमा कार्य गर्नुपर्ने बताउनुभएको छ । नेपाल सरकार गृह मन्त्रालय र लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालयको संयुक्त आयोजनमा विद्यमान सुरक्षा अवस्था, समस्या तथा चुनौति र आगामी कार्यभार लगायतका विषयमा बिहीबारदेखि नेपालगंजमा सुरू भएको लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठी, २०८० को समापन समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले उक्त कुरा बताउनुभएको हो । उक्त अवसरमा गृहमन्त्री श्रेष्ठले राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक रूपमा हुने विभेद न्यूनिकरण, नागरिकका अपेक्षा सम्बोधन र समस्या सामाधानका लागि स्थानीय प्रशासनले अग्रगामी सोच सहित कार्य गर्नुपर्ने बताउनुभयो । गोष्ठीमा भएका छलफलका विषयहरू कार्यान्वयन हुने र यसले मुलुकको शान्ति सुव्यवस्था र नागरिकको समृद्धि तथा अमनचयनमा दखिने गरी सुधार हुने अपेक्षा रहेको उहाँले बताउनुभयो । समारोहमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी, लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालयका गृहमन्त्री सन्तोष कुमार पाण्डेय र लुम्बिनी प्रदेशका प्रमुख सचिव राधिका अर्यालले गोष्ठीको महत्वबारे आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । समारोहमा गृहसचिव दिनेश भट्टराईले धन्यवाद ज्ञापन व्यक्त गर्दै सबै सुरक्षा निकायहरूले आपसी समन्वय गरी सफलतापूर्वक काम गर्नुपर्ने उल्लेख गर्दै कानून विपरितका गतिविधि नियन्त्रण गर्न गोष्ठीको निष्कर्ष फलदायी हुने उल्लेख    गर्नुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर समग्र प्रदेशमा देखिएका समस्या तथा चुनौतिहरूको पहिचान तथा विश्लेषण गरी प्रदेशको प्रयास र केन्द्रको अपेक्षा बुझ्न एकिकृत र समन्वयात्मक रूपमा आयोजित गोष्ठी उपलब्धीमूलक भएको चर्चा गर्नुभयो । प्रदेशमा शान्ति सुरक्षा कायम राख्ने कार्यमा सम्पूर्ण सरोकारवाला निकाय र सुरक्षा निकाय बिचको आपसी समन्वय र सहकार्य अपरिहार्य रहेको उहाँले उल्लेख गर्नुभयो । प्रदेशगत अपराधको तथ्याङक विश्लेषण गरी योजनाबद्ध प्रहरी परिचालन मार्फत समग्र प्रदेशमा शान्ति सुव्यवस्था कायम गर्न अराजक, अवाञ्छित तथा आपराधिक गतिविधि नियन्त्रणका लागि स्पष्ट जिम्मेवारी बोध र निर्भिकतापूर्वक कानूनको कार्यान्वयन गर्न गराउन उपस्थित प्रहरी अधिकृतहरूलाई निर्देशन उहाँले दिनुभयो ।गोष्ठीमा लुम्बिनी प्रदेशको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय एवं आगामी कार्यक्रम लगायतका विविध विषयमा छलफल, अन्तरक्रिया र प्रस्तुतीकरण भएको थियो । गोष्ठीमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाली सेना युद्दकार्य विभागका उपरथी प्रेमध्वज अधिकारी, राष्ट्रिय अनुसन्धानका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक, गृह मन्त्रालयका पदाधिकारीहरू, नेपाली सेनाका प्रतिनिधि, लम्बिनी प्रदेश स्तरीय सुरक्षा निकायका प्रमुखहरू, प्रदेश अन्तर्गतका सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू तथा सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो ।

सामूहिक एवम् व्यक्तिगत जवाफदेहिताको संस्कृति निर्माण गरी नागरिक पहिलो भन्ने सिद्धान्त अनुकूल कार्य गर्नुपर्ने : उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठ
२०८०-११-१०

बाँके, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले संविधान र कानुनले व्यवस्था गरे बमोजिम आफ्ना कार्यहरूलाई निर्देशित गर्ने, संस्थागत एवम् व्यवसायिक समन्वय र सहकार्यलाई प्रवर्धन गर्ने, सामूहिक एवम् व्यक्तिगत जवाफदेहिताको संस्कृति निर्माण गरी नागरिक पहिलो भन्ने सिद्धान्त अनुकूल कार्य गर्नुपर्ने बताउनुभएको छ ।  नेपाल सरकार गृह मन्त्रालय र लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालयको संयुक्त आयोजनमा विद्यमान सुरक्षा अवस्था, समस्या तथा चुनौति र आगामी कार्यभार लगायतका विषयमा बिहीबारदेखि नेपालगंजमा सुरू भएको लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठी, २०८० को उद्‍घाटन गर्दै उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले उक्त कुरा बताउनुभएको हो ।  गृहमन्त्री श्रेष्ठले संघीय व्यवस्थाको कार्यान्वयन सँगै नयाँ नयाँ अवसर तथा चुनौतीहरू देखा परेको उल्लेख गर्दै नीति, कार्यक्रम, आन्तरिक क्षमता समेत सोही अनुरूप निरन्तर समायोजन गर्दै जानुपर्ने आवश्यक रहेको बताउनुभयो । तहगत सरकारका निकायहरू बीचको समन्वय बढाउँदै स्थानीय प्रशासन थप प्रभावकारी बनाउन यस प्रकारका अन्तरक्रियात्मक कार्याशाला गोष्ठीले विशेष महत्व राख्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।  नेपाल सरकारले लिएको “सुशासन, सामाजिक न्याय र समृद्धि” को लक्ष्य हासिल गर्न स्थानीय प्रशासन र सुरक्षा संयन्त्रको प्रभावकारी परिचालन महत्वपूर्ण आधार भएको चर्चा गर्दै मुलुकको आर्थिक सम्वृद्धिको लागि वातावरण निर्माण गर्ने र ऐतिहासिक परिवर्तनले ल्याएका लाभहरू जनताले उपभोग गर्ने वातावरण निर्माण गर्न तथा व्यवस्थाप्रति जनताको भरोसा अझ उचो बनाउन सुरक्षा र विकासलाई सँगसँगै लैजानुपर्ने आवश्यक रहेको बताउनुभयो । सुशासन, स्थिरता र विकासका लागि मन्त्रालयले प्रदेश तथा स्थानीय सरकारको सहकार्यमा निरन्तर कार्य गरिरहेको समेत उहाँले बताउनुभयो ।  गृहमन्त्री श्रेष्ठले लागू औषध दुरुपयोग नियन्त्रण, प्राकृतिक तथा ऐतिहासिक सम्पदाको संरक्षण साना हातहतियारको अवैध ओसारपसार नियन्त्रण गैर व्यावसायिक कृयाकलापको नियन्त्रण गरी उपभोक्ता र सर्वसाधारणको हित संरक्षण समेत उत्तिकै महत्वपूर्ण विषय भएकोले यो क्षेत्रहरूमा समेत योजनावद्व रुपमा कार्ययोजना बनाई कार्य गर्न आग्रह गर्नुभयो । लुम्बिनी प्रदेशस्तरिय सुरक्षा गोष्ठीबाट यस प्रदेशको विषयमा केन्द्रित भई राष्ट्रियस्तरमा समेत शान्ति, सुशासन र स्थिरताको लागि उपयोगी हुने सुझाव, रणनीति र कार्ययोजना निर्माण हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।गृह सचिव दिनेश भट्टराई, लुम्बिनी प्रदेश सरकार र गृह मन्त्रालयका मन्त्री सन्तोष कुमार पाण्डेयले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालयका सचिव लालबाबु कवारीले स्वागत मन्तव्य तथा गोष्ठीको उदेश्य सम्बन्धी जानकारी दिनुभएको थियो ।  गोष्ठीमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धानका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक, लुम्बिनी प्रदेश अन्तर्गत विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू एवम् प्रदेश अन्तर्गत प्रहरी कार्यालयका प्रमुखहरूको सहभागिता रहेको छ । दुई दिवसीय उक्त गोष्ठी शुक्रबार सम्पन्न हुनेछ ।

प्र.ना.उ. सवार TATA Yodha Pickup Van दुर्घटना ।
२०७९-०४-२८

रूकुम पूर्व साउन, २८ मिति २०७९।०४।२८ गते ११:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वका कार्यालय प्रमुख प्र.ना.उ. प्रकाश डाँगी  र प्रमुख जिल्ला अधिकारी तुलराम सुनुवारको टोली ई.प्र.का. तकसेरा रूकुम पूर्वको कार्यालय निरीक्षणको लागी बिहान ०९:१५ बजेको समयमा ई.प्र.का. तकसेरा रूकुम पूर्वको लागी लु.१ झ. ६६० नम्बरको TATA Yodha Pickup Van मा हिडेकोमा जिल्ला रूकुम पूर्व पुथा उत्तर गंगा गाउँपालिका ११ को तल्लो सेरा भन्ने स्थानको घुम्तीमा गाडी मोड्ने क्रममा प्र.ना.उ. प्रकाश डाँगी चढेको Pickup VAN अचानक उक्त घुम्तीबाट अन्दाजी १२० मिटर तल खस्दा उक्त गाडीमा सवार प्र.ना.उ. डाँगी र अन्य ५ जना गरी जम्मा ६ जना प्रहरी कर्मचारीहरू घाईते भएका छन, प्र.जि.अ. तुलराम सुनुवार भने जिल्ला प्रशासन कार्यालयको आफ्नै गाडीमा सवार रेहको, र उक्त दुर्घटना स्थलमा प्रमुख जिल्ला अधिकारी, स्थानिय निकाय तथा जनप्रतिनिधिहरू, ई.प्र.का. तकसेरा रूकुम पूर्वको प्रहरी टोली र स्थानियको वासिन्दाहरूको सहयोगमा उद्दार गरी घाईते प्रहरी कर्मचारीहरूलाई पुथा उत्तर गंगा गा.पा. ११ डिखिउ भन्ने स्थानमा रहेको हेलिप्याडमा लगी नेपाली सेनाको हेलिकप्टरद्धारा थप उपचारको लागी कोहलपुर मेडिकल कलेज नेपालगंज लगिएको ।निम्नः-१ प्र.ना.उ.प्रकाश डाँगीको दाहिने हातको कुम भाँचिएको तथा शरिरको विभिन्न भागहरूमा चोट अवस्था मध्ययम हाल थप उपचारको लागी Nursing Home Nepalgunj रिफर गरिएको ।२.स.प्र.ना उ.रबिन्द्र श्रेष्ठ  मुखमा चोट अवस्था मध्यम ।  ३ चालक प्र.ह.कुमार सिंह डाँगीको टाउकोमा चोट मध्यम मध्यम ।४ जिल्ला रोल्पा सुनिलस्मृति गाउँपालिका वडा नम्बर २ एलबाङ घर भई जिल्ला प्रहरी कार्यलय रूकुम पूर्वमा कार्यरत प्रहरी जवान लक्ष्मण पुन मगरको टाउकोमा चोट  लागी अवास्था गम्भिर भएकोमा हाल नेपालगंज मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा १६:२० बजेको समयमा मृत्यु भएको ।५ प्र.ज.सन्तोष बुढा अवस्था मध्ययम ।६ प्र.ज.ईन्द्र घर्ती मगरको कान च्यातिएको अवस्था मध्यम  ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यमा कमाण्डो तालिमको दिक्षान्त समारोह सम्पन्न ।
२०७८-१२-२२

नवलपरासी (पश्चिम), नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासी (पश्चिम) मा संचालित सातौं समूहको प्रहरी विशेष कला तथा कारवाही (कमाण्डो) तालिमको दिक्षान्त समारोह प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यमा सोही महाविद्यालयमा मंगलबार सम्पन्न भएको छ । समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले तालिममा सहभागी प्रशिक्षार्थीहरूमध्ये तालिमको विभिन्न विधामा सर्वोत्कृष्ट स्थान हासिल गर्ने प्रशिक्षार्थीहरूलाई पुरस्कार प्रदान गर्नुभयो । प्रहरी महानिरीक्षक थापा क्षेत्रीले सम्बोधनको क्रममा प्रशिक्षार्थीहरूलाई तालिममा हासिल गरेका युक्तिहरूलाई व्यक्तिगत लाभ भन्दा पनि नागरिकको सुरक्षाको लागि प्रयोग गरी नागरिकले सुरक्षाको अनुभूति गर्ने गरी अदम्य साहस र उर्जाका साथ कार्यसम्पादन गर्न निर्देशन दिनुभयो । सवै प्रहरी कर्मचारीले आफ्नो पेशाप्रति गर्व गर्नुपर्ने चर्चा गर्दै उहाँले स्वअनुशासनको पालना गर्दै संगठनको छविलाई उच्च राख्न लाग्नुपर्नेमा उपस्थित प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन समेत दिनुभयो । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज काठमाडौंका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाहीले धन्यवाद ज्ञापन गर्नुभएको उक्त समारोहमा नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहका प्राचार्य प्रहरी वरिष्ठ उपरीक्षक मसऊद आलम खाँले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।  समारोहमा तालिम संयोजक प्रहरी नायव उपरीक्षक मेख बहादुर कुँवरले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै जम्मा ९० कार्यदिन अवधिको उक्त तालिममा प्रहरी निरीक्षक ४ जना, प्रहरी सहायक निरीक्षक ८ जना र प्रहरी जवान ९२ जना गरी जम्मा १ सय ४ जनाको सहभागिता रहेको जानकारी दिनुभयो । उक्त समारोहमा प्रशिक्षार्थीहरुले इमिडियट एक्सन ड्रिल अन्तर्गत फायर एण्ड मुभ अभ्यास, होस्टेज रेस्क्यू अपरेसन डेमोन्स्ट्रेसन, स्याण्ड मोडल बिफ्रिङ, हतियार खोलजोड डेमोन्स्ट्रेसन, बाधापार डेमोन्स्ट्रेसन तथा अनआर्म कम्ब्याट समेत प्रदर्शन गरेका थिए । समारोहमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक प्रकाश अधिकारी, नवलपरासी जिल्लाका प्रमुख जिल्ला अधिकारी एवम् जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूको समेत उपस्थिति रहेको थियो ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट नवनिर्मित बहुउद्देश्यीय भवन उद्‍घाटन
२०७८-०८-०२

रुपन्देही, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवल रुपन्देहीको परिसरमा नवनिर्मित बहुउद्देश्यीय भवनको बिहीबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभयो । उहाँले उक्त भवनको निरीक्षण गर्नुका साथै सोही परिसरभित्र वृक्षरोपण समेत गर्नुभयो ।उक्त अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले निर्माण कार्यमा सहयोग प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग पुर्‍याउने सम्पूर्ण महानुभावहरूलाई धन्यवाद दिनुहुँदै भवनको समुचित प्रयोग गर्न उपयुक्त कार्यबिधि निर्माण गरी संरक्षण एवं सम्वर्दन गर्नुपर्ने उल्लेख गर्नुभयो ।सीमित साधन स्रोतका बाबजुद उत्कृष्ट प्रहरी सेवा प्रदान गर्नुपर्ने बताउँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले भन्नुभयो, ‘नागरिकलाई प्रदान गर्ने सेवामा कुनैपनि सम्झौता गर्न सक्दैनौ । प्रहरीले जनताप्रति देखाउने व्यवहार र प्रहरी सेवामा सुधार गर्दै क्रियाशिल हुनुपर्छ ।’ महिला तथा बालबालिका विरुद्ध हुने हिंसामा शून्य सहनशिलता अपनाई पीडित महिला एवं बालबालिकाहरूले पाउनुपर्ने सद्‌भावपूर्ण व्यवहार एवं परामर्श र पीडकहरूले पाउनुपर्ने सजायको निम्ती कटिबद्ध हुन उपस्थित प्रहरी कर्मचारीहरुलाई उहाँले निर्देशन समेत दिनुभयो । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक मुकुन्द राज आचार्यले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा FCDO (Foreign, Commonwealth and Development Office), UK का प्रतिनिधि डा. करुणा वन्त र प्रोजेक्ट मेनेजर कोमल कार्कीले मन्तव्य व्यक्त गर्नुभएको थियो । लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक राम दत्त जोशीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । FCDO को सहयोगमा UNOPS अन्तर्गत Modernization and Improvement of Policing Project (MIPP) आयोजनाबाट कूल ७ करोड ७६ लाख ६३ हजार २ सय ३२ रुपैयाँ ८१ पैसा लागतमा उक्त भवन निर्माण कार्य सम्पन्न भएको हो । कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरू, लुम्बिनी प्रदेशस्थित प्रहरी अधिकृतहरू, स्थानीय जनप्रतिनिधिहरू, सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।यसैगरी प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले संघीय प्रहरी ईकाई कार्यालय भैरहवा रुपन्देहीमा बिहीबार आयोजित कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी कार्यालय मातहतका लुम्बिनी प्रदेश तालिम केन्द्र बुटवल, लुम्बिनी प्रदेश ट्राफिक कार्यालय बुटवल, दङ्गा नियन्त्रण प्रहरी गण सुनवल नवलपरासी, जिल्ला प्रहरी कार्यालय रुपन्देही, जिल्ला प्रहरी कार्यालय नवलपरासी(पश्चिम), जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुखहरु तथा मातहत विभिन्न प्रहरी ईकाईका प्रमुखहरुलाई समसामहिक बिषयमा निर्देशन समेत दिनुभयो । निर्देशनको क्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले समाजमा हुने आपराधिक कृयाकलाप लगायत महिला तथा बालबालिका विरुद्ध हुने अपराधमा थप संवेदनशील भई जिम्मेवारी वहन गर्नुपर्ने बताउनुभयो । कानुन कार्यान्वयनको सिलसिलामा कुनैपनि सम्झौता गर्न नहुने बताउँदै उहाँले संगठनले लिएको नीति एवं कार्ययोजनाप्रति कटिबद्ध रहन समेत बताउनुभयो । 

२२५ क्विन्टल मटर सहित ६ भारतिय ट्रक प्रहरीको नियन्त्रणमा
२०७८-०६-०७

कपिलबस्तु ६ असोज,कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नं. २ गल्लामण्डीबाट २२५ क्विन्टल हरियो मटर सहित ६ ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ। मिति २०७८।०६।०६ गते  २१:४५ बजे  नेपालबाट भारततर्फ लैजानको लागि निम्न  ट्रकहरुमा  निम्नाअुसारको परिमाणमाट मटर लोड गरी बाटोमा रोकी राखेको अवस्थामा प्रहरीले ट्रकहरुबाट उक्त हरियो मटर बरामद गरेको छ ।                           निम्नUP35T2453 नं. हरियो केराउ (मटर) प्रति बोरा २५ के.जी. का दरले १४० बोरा (जम्मा ३५ क्विन्टल) हालको बजार मुल्य प्रति के.जी. रु.१,२०।– रुपैया । जम्मा मुल्य रु.४,२०,०००।-UP53T3658 नं. हरियो केराउ (मटर) बोरा २५ के.जी. का दरले १४० बोरा (जम्मा ३५ क्विन्टल) जम्मा ३५०० के.जी. । हालको बजार मुल्य प्रति के.जी. रु.१,२०।– रुपैया । जम्मा मुल्य रु.४२०,००।–UP-71T1184नं. हरियो केराउ (मटर) प्रति बोरा २५ के.जी. का दरले १४० बोरा (जम्मा ३५ क्विन्टल) जम्मा ३५०० के.जी. । हालको बजार मुल्य प्रति के.जी. रु. १,२०।- रुपैया । जम्मा मुल्य रु.४,२०,०००।–UP-55T1254 नं. हरियो केराउ (मटर) प्रति बोरा २५ के.जी. का दरले १४० बोरा (जम्मा ३५ क्विन्टल) जम्मा ३५०० के.जी. । हालको बजार मुल्य प्रति के.जी. रु. १,२०।- रुपैया । जम्मा मुल्य रु.४,२०,०००।-UP-55T0966 नं. हरियो केराउ (मटर) प्रति बोरा २५ के.जी. का दरले १४० बोरा (जम्मा ३५ क्विन्टल) जम्मा ३५०० के.जी. । हालको बजार मुल्य प्रति के.जी. रु. १,२०।- रुपैया । जम्मा मुल्य रु.४,२०,०००।-UP-78AT8825 नं. हरियो केराउ (मटर) प्रति बोरा २५ के.जी. का दरले २०० बोरा (जम्मा ५० क्विन्टल) जम्मा ५००० के.जी. । हालको बजार मुल्य प्रति के.जी. रु. १,२०।- रुपैया । जम्मा मुल्य रु.६,००,०००।-जम्मा केराउ (मटर) २२५क्विन्टल (२२,५०० के.जि.) को मुल्य जम्मा रु.२७,००,०००।– (सत्ताईस लाख) मात्र ।