प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
Introduction

 

परिचय

उत्तरमा रोल्पाको सिस्ने हिमाल देखि दक्षिणमा रुपन्देहीको मर्चवार र पुर्वमा नवलपरासीको सुस्तादेखि दक्षिणमा बर्दियाको राजापुरसम्म कुल २२,२८८ बर्ग कि.मि. क्षेत्रमा फैलिएको लुम्बिनी प्रदेश विकास र समृद्धिको प्रशस्तै सम्भावना बोकेको प्रदेश हो ।

 

एसियाकै ठुलो उपत्यका “दाङ उपत्यका” समेत रहेको यस प्रदेशमा शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनी, ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थलहरु स्वर्गद्वारी, सुपा देउराली, रानी महल, बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज र नेपालगञ्ज, घोराही,तुलसीपुर, बुटवल, भैरहवा आदि मुख्य व्यापारिक केन्द्रहरु पनि यसै प्रदेशमा पर्दछन ।

प्राकृतिक स्रोत साधनको प्रचुरता, ऐतिहासिक, धार्मिक, सांस्कृतिक विविधतायुक्त, पर्यटन, उद्योग, व्यापार, कृषिको प्रचुर सम्भावना बोकेको प्रदेश यो प्रदेश समग्रमा प्रगति र समृद्धिको उच्च सम्भावना बोकेको प्रदेश हो ।

 

कुल क्षेत्रफल            : २२,२८८ वर्ग कि.मि.

जनसंख्या                : ५१,२२,०७८

जिल्ला                    : १२

निर्वाचन क्षेत्र            : २६ प्रतिनिधि सभा, ५२ प्रदेश सभा

स्थानीय तह             : ४ उ.म.न.पा., ३२ न.पा., ७३ गा.पा. (जम्मा १०९)

 

 जिल्ला

सिमामा रहेका

प्रहरी इकाई संख्या

 सिमा स्तम्भ संख्या  दुरी कि.मी.  सिमा जोडिएका जिल्ला  प्रदेश  
बर्दिया १३  १३८ ८२ कि.मी.  बहराईच उत्तर प्रदेश
बाँके १२ ३०७ ६९ कि.मी. बहसराईच, श्रावस्ती उत्तर प्रदेश 
दाङ ७८ ८३ कि.मी. श्रावस्ती, बलरामपुर उत्तर प्रदेश
कपिलवस्तु १४ ५३२ ९३ कि.मी. सिद्धार्थनगर, बलारामपुर उत्तर प्रदेश
रुपन्देही १७ १३६ ५९.७ कि.मी. महाराजगञ्ज, सिद्धार्थनगर उत्तर प्रदेश
नवलपरासी १० १६ २७.५ कि.मी. महाराजगञ्ज, चंपारण बिहार, उत्तर प्रदेश
जम्मा ७२ १२०७ ४१४.२ कि.मी.