सार्वजनिक सुविधा
चारित्रिक प्रमाणपत्र
नेपाल प्रहरीले बिभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र उपलब्ध गराई पाऊ भनी अनलाईन निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकहरूलाई चारीत्रिक प्रमाणपत्र उपलब्ध गराउने गर्दछ ।
सम्पर्क जानकारी
लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङ
कार्यालय: ०८२-५२३४१०
कन्ट्रोल:- ९८५७८२५४१०
ई-मेल: lumbini@nepalpolice.gov.np
-
९.२४० ग्राम लागूऔषध खैरो हेरोईनसिहत एक जना पक्राउ
२०८३-०७-०९जिल्ला कपिलवस्तु, शिवराज नगरपालिका २, हल्लानगरबाट लागूऔषध ब्राउन सुगरसहित एकजना महिला पक्राउ परेकी छन् । स्थानीय २३ वर्षीया अस्मिता बोहोरा पक्राउ परेकी हुन् ।आफ्नै घरमा लागूऔषधको कारोबार गर्ने गरेको विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय, चन्द्रौटा कपिलवस्तुबाट खटिएको प्रहरी टोलीले बोहोराको घरमा खानतलासी गर्दा कोठाको दराजमाथि रहेको कालो रङको लेडिज ब्यागभित्र लागूऔषध (ब्राउन सुगर) जस्तो देखिने खैरो रङको धुलो पदार्थ ९ ग्राम २४० मिलिग्राम फेला पारेको हो ।साथै, लागूऔषध तौल गर्न प्रयोग हुने डिजिटल तौल मेसिन थान १ समेत बरामद गरी अस्मिता बोहोरालाई नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय, चन्द्रौटा कपिलवस्तुमा ल्याइएको छ । घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
[ विस्तृतमा ] -
अवैध लागूऔषध ब्राउनसुगर सहित १ जना पक्राउ
२०८३-०६-१६बाँके, नेपालगंज उपमहानगपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय २० मिलिग्राम सहित जानकी गाउँपालिका-३ बस्ने ३५ वर्षीय महेन्द्र गिरीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
[ विस्तृतमा ] -
अवैध लागूऔषध सहित ६ जना पक्राउ
२०८३-०६-१३बाँके, नेपालगंज उपमहानगरपालिका-१९ कन्ठिपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय ५० मिलिग्राम र नगद ७ हजार २ सय ३० रूपैयाँ सहित ६ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१९ बस्ने ४४ वर्षीय घनश्याम बुढामगर, ३५ वर्षीय किरण ओली, २० वर्षीय बबिराम रोका मगर, ३२ वर्षीय चक्रे विक, कैलाली चुरे गाउँपालिका-३ घर भएका २४ वर्षीय महेश मल्ल र बर्दिया गुलरिया नगरपालिका-१ घर भएका ४८ वर्षीय राजेन्द्र कुमाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
[ विस्तृतमा ]
हाईलाईटहरु
- प्रहरी सहायक निरीक्षक (जनपद) पदको लिखित परीक्षाको नतिजा प्रकाशन तथा विशेष स्वास्थ्य परीक्षण तालिका सम्बन्धी सूचना (२०८३-०६-३०)
- जनपद प्रहरी समूहतर्फ प्रहरी सहायक निरीक्षक र प्रहरी कार्यालय सहयोगी पदहरूको विज्ञापन प्रकाशन सम्बन्धी सूचना (२०८३-०६-०२) ।
- प्रहरी निरीक्षक (जनपद) पदको अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना (२०८३-०५-०६)
- प्रहरी जवान (प्राविधिक) पदको लिखित परीक्षाको परीक्षा केन्द्र कायम गरिएको सम्बन्धी सूचना (२०८३-०५-०५)
- प्रहरी निरीक्षक (जनपद) पदको विशेष स्वास्थ्य परीक्षणको नतिजा र सक्षमता परीक्षण तथा अन्तर्वार्ता तालिका प्रकाशन सम्बन्धी सूचना (२०८३-०४-२५)
- प्रहरी जवान (जनपद) पदको वैकल्पिक उम्मेदवार नियुक्ति सम्बन्धी सूचना (२०८३-०४-२१)
- प्रहरी निरीक्षक (जनपद) पदको विशेष स्वास्थ्य परीक्षणको तालिका प्रकाशन सम्बन्धी सूचना (२०८३-०४-१३)
नेपाल प्रहरी मोबाईल एप्स
Google Play र Apple app store मा उपलव्ध छ ।