सार्वजनिक सुविधा
चारित्रिक प्रमाणपत्र
नेपाल प्रहरीले बिभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र उपलब्ध गराई पाऊ भनी अनलाईन निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकहरूलाई चारीत्रिक प्रमाणपत्र उपलब्ध गराउने गर्दछ ।
सम्पर्क जानकारी
लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङ
कार्यालय: ०८२-५२३४१०
कन्ट्रोल:- ९८५७८२५४१०
ई-मेल: lumbini@nepalpolice.gov.np
-
अवैध लागूऔषध ब्राउनसुगर सहित १ जना पक्राउ
२०८३-०६-१६बाँके, नेपालगंज उपमहानगपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय २० मिलिग्राम सहित जानकी गाउँपालिका-३ बस्ने ३५ वर्षीय महेन्द्र गिरीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
[ विस्तृतमा ] -
अवैध लागूऔषध सहित ६ जना पक्राउ
२०८३-०६-१३बाँके, नेपालगंज उपमहानगरपालिका-१९ कन्ठिपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय ५० मिलिग्राम र नगद ७ हजार २ सय ३० रूपैयाँ सहित ६ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१९ बस्ने ४४ वर्षीय घनश्याम बुढामगर, ३५ वर्षीय किरण ओली, २० वर्षीय बबिराम रोका मगर, ३२ वर्षीय चक्रे विक, कैलाली चुरे गाउँपालिका-३ घर भएका २४ वर्षीय महेश मल्ल र बर्दिया गुलरिया नगरपालिका-१ घर भएका ४८ वर्षीय राजेन्द्र कुमाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
[ विस्तृतमा ] -
अवैध लागूऔषध सहित २ जना पक्राउ
२०८३-०६-०५बाँके, नेपालगंज उपमहानगरपालिका-२ बागेश्वरी मन्दिर अगाडिबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ७ ग्राम ५ सय ५० मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय देशराज चौहान र २५ वर्षीया पुजा चौहान रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
[ विस्तृतमा ]
हाईलाईटहरु
- जनपद प्रहरी समूहतर्फ प्रहरी सहायक निरीक्षक र प्रहरी कार्यालय सहयोगी पदहरूको विज्ञापन प्रकाशन सम्बन्धी सूचना (२०८३-०६-०२) ।
- प्रहरी निरीक्षक (जनपद) पदको अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना (२०८३-०५-०६)
- प्रहरी जवान (प्राविधिक) पदको लिखित परीक्षाको परीक्षा केन्द्र कायम गरिएको सम्बन्धी सूचना (२०८३-०५-०५)
- प्रहरी निरीक्षक (जनपद) पदको विशेष स्वास्थ्य परीक्षणको नतिजा र सक्षमता परीक्षण तथा अन्तर्वार्ता तालिका प्रकाशन सम्बन्धी सूचना (२०८३-०४-२५)
- प्रहरी जवान (जनपद) पदको वैकल्पिक उम्मेदवार नियुक्ति सम्बन्धी सूचना (२०८३-०४-२१)
- प्रहरी निरीक्षक (जनपद) पदको विशेष स्वास्थ्य परीक्षणको तालिका प्रकाशन सम्बन्धी सूचना (२०८३-०४-१३)
- प्रहरी निरीक्षक (जनपद) पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना (२०८३-०४-१२)
नेपाल प्रहरी मोबाईल एप्स
Google Play र Apple app store मा उपलव्ध छ ।