प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवल रुपन्देही - परिचय




ऐतिहाँसीक पृष्ठभुमीः

नेपाल प्रहरीलाई आवश्यक पर्ने दक्ष तथा कुशल प्रहरी जनशक्ति उत्पादन गर्ने उद्देश्यले वि.सं. २०३३ साल मंसिर २४ गते पश्चिम क्षेत्रिय प्रहरी तालिम केन्द्रको नामबाट स्थापना भएको यस केन्द्रमा तत्काल ५० जना प्रहरी कर्मचारी र ५० जना प्रशिक्षार्थी प्रहरी जवानको दरबन्दी रहेको थियो । यस केन्द्रका प्रथम कमान्डेन्टको रुपमा प्रहरी निरीक्षक कृष्णमान श्रेष्ठले जिम्मेवारी पाएका थिए । यस तालीम केन्द्रलाई बि.सं. २०३५ सालमा प्रनाउ, बि.स.२०४९ सालमा प्रहरी उपरीक्षक प्रमुख रहने गरि स्तरोन्नती गरिएको थियो भने बि.सं. २०६८ सालमा सवै क्षेत्रिय प्रहरी तालीम केन्द्रको प्रमुखमा प्रहरी वरिष्ठ उपरीक्षकको दरवन्दी सृजना भएसंगै यस केन्द्रमा समेत समादेशकको रुपमा प्रहरी वरिष्ठ उपरीक्षकले कमाण्ड गर्दै आईरहेका छन् ।

वि.सं २०७७ सालमा लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रको नाममा रुपान्तरण भएको यस केन्द्रले कुल १७ विगाहा १० कठ्ठा पौने ४ धुर जग्गा चर्चेको छ  । यो केन्द्र लुम्बिनी प्रदेश, रुपन्देही जिल्लाको बुटवल उ.म.न.पा.वडा नं. १० स्थित पुर्व पश्चिम राजमार्ग सडकखण्ड अन्तर्गत बुटवलको चौराहा नजिक अवस्थित रहेको छ । सुरुवाती चरणमा सीमित स्रोत–साधनका बिच नवप्रवेशी प्रहरी जवानहरूलाई आधारभूत तालिम प्रदान गरिरहेको यस तालिम केन्द्रलाई समयको गतिसँगै आफ्नो कार्यक्षेत्र, क्षमता र व्यावसायिक भूमिकालाई विस्तार गर्दै बदलिँदो सुरक्षा चुनौती, प्रहरी सेवाको बढ्दो व्यावसायिकता तथा दक्ष जनशक्तिको आवश्यकतालाई आत्मसात गर्दै क्रमशः सेवाकालीन तालिमहरू समेत सञ्चालन गर्न सक्ने सक्षम तालिम प्रदायक संस्थाका रूपमा विकास गरिएको छ ।

 

दुरदृष्टी (Vision):

गुणस्तरीय, व्यावसायिक तथा नवप्रवर्तनमुखी उत्कृष्ट प्रशिक्षण केन्द्र (Centre of Excellence) को रूपमा विकास गर्ने ।

ध्येय (Mission):

विभिन्न आधारभुत तथा उन्नत तालिमहरु प्रभावकारी रुपमा सञ्चालन गर्ने ।

लक्ष्य (Goal):

प्रभावकारी प्रशिक्षणको माध्यमद्वारा सैद्धान्तिक ज्ञान तथा व्यावहारिक सीपयुक्त दक्ष, सक्षम व्यावसायिक प्रहरी जनशक्ति उत्पादन गर्ने ।

उद्देश्य(Objectives):-  

         १.   संगठनको लागि आवश्यक प्रहरी जवानहरुको भर्ना छनोट निष्पक्ष एवं            पारदर्शी तरिकाबाट गर्ने ।

२.   नवप्रवेशी प्रहरी जवानहरुलाई आधारभूत तालिम र बढुवा भएका प्रहरी सहायक निरीक्षकहरुलाई अल्पकालीन आधारभूत तालिम संचालन गरी व्यावसायिक ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्ने ।

३.   लुम्बिनी प्रदेश प्रहरी कार्यालय मातहतमा कार्यरत प्रहरी कर्मचारीहरुलाई व्यवसायिक क्षमता अभिवृद्धि गर्न सेवाकालिन तथा बिभिन्न अनुशिक्षण तालिमहरु संचालन गर्ने ।

४.   तालिम सम्बन्धी खोज, अध्ययन, अनुसन्धान तथा नवप्रवर्तनको उत्कृष्ट केन्द्रका रूपमा तालिम केन्द्रलाई विकास गर्ने ।

५.   यस तालीम केन्द्रमा सञ्चालन गरिएका तालीमहरुको प्रभावकारीता अध्ययन र विश्लेषण (Training Impact Analysis -TIA) गर्ने ।

६.   यस केन्द्रमा संचालन भएका महत्वपुर्ण कार्यक्रमहरु, आधारभूत तथा सेवाकालिन तालीमहरुको After Action Review(AAR) गर्दै प्राप्त सुझावहरुलाई कार्यान्वयन गर्दै लैजाने ।

७.   प्रहरी कर्मचारीहरुको वृति विकासको लागि बिभिन्न कल्याणकारी तथा अतिरीक्त कृयाकलापहरु संचालन गर्ने ।

८.   नेपाल प्रहरीको तालीम संचालन कार्यादेश २०७९ को अक्षरस पालना गर्ने ।

तपाईंका कुनै पनि जिज्ञासाका लागि सम्बन्धित विषयका प्राध्यापक/संकाय सदस्यहरूसँग सम्पर्क गर्नुहोस् ।

तपाईंको सुझाव तथा प्रतिक्रियाका लागि हाम्रो इमेल ठेगानामा इमेल पठाउनुहोस्।

 (wrptc@nepalpolice.gov.np)

Card image cap
Daya Nidhi Gyanwali

Senior Superintendent of Police