प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध ब्राउन सुगर सहित मानिस नियन्त्रणमा ।

२०७८-०७-११

  • A
  • A-
  • A+
Share

कपिलवस्तु,

२०७८।०७।११ गते अन्दाजी १५:३० बजेको समयमा जिल्ला कपिलवस्तु मायादेवी गाउँपालिका वडा नम्बर ४  चाकरचौडा स्थित नेपाल भारत सिमाना गेट स्थितमा रहेको चेक प्वाइन्टमा गोप्य सूचनाको आधारमा सूचना प्राप्त हुनासाथ सिमा प्रहरी चौकी चाकरचौडाबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा ३ जनाको टोलि खटिगई जिल्ला कपिलवस्तु बाणगंगा नगरपालिका वडा नम्बर ०८ धनेशपुर बस्ने वर्ष २६ को बिजय खत्रीको शरीर खानतलासी गर्दा निजले लगाएको Under Wear भित्र कालो प्लास्टिकको स-साना २२ वटा पोकामा लुकाइ छिपाई राखेको अवस्थामा सोहि पोकाहरु खोलि हेर्दा गिलो खैरो रङको लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ प्लास्टिक सहित १२४ ग्राम (डिजिटल तौल मापन यन्त्रद्धारा मापन गरिएको ।) र मानिस समेतलाइ नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा राखी थप आवश्यक अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २ जना पक्राउ
२०८२-०३-१५

बाँके, नेपालगंज उपमहानगरपालिका-२ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २० ग्राम ९ सय २० मिलिग्राम सहित भारत उत्तर प्रदेश बराइज-१३ केवलपुर बस्ने २४ वर्षीय मोहम्मद आरिफलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।रूपन्देही, सिद्धार्थनगर नगरपालिका-१ डण्डापुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ४० मिलिग्राम सहित गुल्मी रेसुङ्गा नगरपालिका-३ बस्ने ३१ वर्षीय सुबास केसीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै उनले प्रयोग गरेको लु. ३८ प ५४५५ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ४ जना पक्राउ
२०८२-०३-१३

बर्दिया, गुलरीया नगरपालिका-११ गणेशपुर बाईपासबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुलरीया नगरपालिका-६ शान्तिटोल बस्ने २५ वर्षीय शम्शेर खान र हुम्ला सिमकोट गाउँपालिका-५ बस्ने २० वर्षीय करण रोकाय रहेका छन् । प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।             रूपन्देही, सिद्धार्थनगर नगरपालिका-४ उद्योगपुरीबाट नियन्त्रित लागूऔषध डाइजेपाम १ सय एम्पुल, फेनारगन १ सय एम्पुल र बुप्रेनोर्फिन १ सय एम्पुल सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मर्चवारी गाउँपालिका-६ बस्ने ३३ वर्षीय पिन्टु यादव र ३२ वर्षीय हरिद्वार प्रसाद कुर्मी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले युपि ५६ एम ६१२० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।               यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ४ जना पक्राउ
२०८२-०३-१२

नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-१ सौवाटिकरबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन ८ एम्पुल, फेनारगन ८ एमुपल र डाइजेपाम ८ एम्पुल सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रूपन्देही बुटवल उपमहानगरपालिका-४ लक्ष्मीनगर बस्न २५ वर्षीय पदम थापा र सोही उपमहानगरपालिका-६ बुद्धपथ बस्ने २८ वर्षीय लोक बहादुर पुलामी रहेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  बर्दिया, बढैयाताल गाउँपालिका-७ पुरानो कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम सहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके बैजनाथ गाउँपालिका-१ चिसापानी बस्ने ३५ वर्षीय मान बहादुर सुनार र २५ वर्षीय नरेश आचार्य रहेका छन् । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग भे.५ प ४२५३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।