प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध ब्राउन सुगर सहित मानिस नियन्त्रणमा ।

२०७८-०७-११

  • A
  • A-
  • A+
Share

कपिलवस्तु,

२०७८।०७।११ गते अन्दाजी १५:३० बजेको समयमा जिल्ला कपिलवस्तु मायादेवी गाउँपालिका वडा नम्बर ४  चाकरचौडा स्थित नेपाल भारत सिमाना गेट स्थितमा रहेको चेक प्वाइन्टमा गोप्य सूचनाको आधारमा सूचना प्राप्त हुनासाथ सिमा प्रहरी चौकी चाकरचौडाबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा ३ जनाको टोलि खटिगई जिल्ला कपिलवस्तु बाणगंगा नगरपालिका वडा नम्बर ०८ धनेशपुर बस्ने वर्ष २६ को बिजय खत्रीको शरीर खानतलासी गर्दा निजले लगाएको Under Wear भित्र कालो प्लास्टिकको स-साना २२ वटा पोकामा लुकाइ छिपाई राखेको अवस्थामा सोहि पोकाहरु खोलि हेर्दा गिलो खैरो रङको लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ प्लास्टिक सहित १२४ ग्राम (डिजिटल तौल मापन यन्त्रद्धारा मापन गरिएको ।) र मानिस समेतलाइ नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा राखी थप आवश्यक अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ४ जना पक्राउ
२०८२-१०-२८

बाँके, नेपालगंज उपमहानगरपालिका-१० गणेशमान चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ७ सय १० मिलिग्राम सहित रूकुम पश्चिम घर भएका ३८ वर्षीय डम्बर बहादुर केसीलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज र प्रहरी बिट गणेशमान चोकबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी बाँके, बैजनाथ गाउँपालिका-५ गुरूवा गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने २६ वर्षीय बिरेन्द्र कुमार थारूलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट जि गाउँबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।             यसैगरी रूपन्देही, सिद्धार्थनगर नगरपालिका-१ बेलहिया डण्डापुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १६ ग्राम सहित गैडहवा गाउँपालिका-६ बस्ने २० वर्षीय मोहित केवट समेत २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको   छ । उक्त स्थानमा खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।                यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।