प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

१७ लाख बराबरको अबैध सामान पक्राउ

२०७८-०८-२२

  • A
  • A-
  • A+
Share

रुपन्देही मंसिर २२,

रुपन्देही ओमसतिया गाउँपालिका वडा नं.४ बालापुरबाट १७ लाख बराबरको अबैध सामान र सवारी साधन बरामद गरिएको छ।  मिति २०७८।०८।२२ गते बिहान अं.०४:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले जिल्ला रुपन्देही ओमसतिया गाउँपालिका वडा नं.४ बालापुर स्थितमा लु १ ज ४०१२ नं.को बलेरो पिकअप जिप रोकी चेकजाँच गर्ने क्रममा सो बलेरो जिप भित्र अबैध रुपमा भारत बाट नेपाल तर्फ भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको लेडिज सुट ३१९ पिस, बिभिन्न मेसिनरी उपकरणका पाटपुर्जा १६७ पिस, मेसीनरी नट १ बोरा, सुपर फास्ट ४४३ पिस, Doco Necol Thiner ३ थान गरी अन्दाजी रु. ८,००,०००। बराबरको सामान र बलेरो पिकअप जिपको अन्दाजी मुल्य रु. ९,००,०००।- सहित अन्दाजी मुल्य रु.१७,००,०००/-(सत्र लाख) बराबरको अबैध सामानहरु फेला पारी चालक समेतलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बेलहिया रुपन्देही पठाईएको छ।

सम्बन्धित समाचार
अवैध लागूऔषध ब्राउनसुगरसहित बर्दियाबाट ४ जना पक्राउ
२०८०-०८-२०

बर्दियाबढैयाताल गाउँपालिका-७ बाट १ जना र सोही गाउँपालिका-२ फुटाहाबाट ३ जना गरी ४ जनालाई अवैध लागूऔषध ब्राउनसुगर २४ ग्राम ९० मिलिग्राम सहित मंगलबार प्रहरीले पक्राउ गरेको छ । सोही गाउँपालिका-७ बाट पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका-१५ बस्ने २४ वर्षीय निरज कुमार थारु रहेका छन् । भे.३ प २६९६ नम्बरको मोटरसाईकलमा सवार उनलाई जिल्ला प्रहरी कार्यालय बर्दिया र ईलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले २२ ग्राम ५ सय ६० मिलिग्राम उक्त पदार्थसहित मंगलबार दिउँसो पक्राउ गरेको हो । यसैगरी बढैयाताल गाउँपालिका-२ फुटाहाबाट पक्राउ पर्नेमा सोही गाउँपालिका-१ ठूलो डाँफे बस्ने २२ वर्षीय रवी रसाईली समेत ३ जना रहेका छन् । प्रदेश २-०३-०१५ प ००९४ नम्बरको स्कुटरमा सवार उनीहरूलाई प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले  १ ग्राम ५ सय ३० मिलिग्राम उक्त पदार्थसहित मंगलबार साँझ पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।