प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागूऔषध सेवन प्रयोग हुने विभिन्न सामान र श्रोत नखुलेको रु. ३५,८५,२१४ ।- रुपैयाँ सहित मानिस नियन्त्रणमा ।

२०७८-०९-२५

  • A
  • A-
  • A+
Share

कपिलवस्तु पौष २३,

  कपिलबस्तु नगरपालिका वडा नं. ०९ हर्नामपुर घर भएका चेतन खटिक भन्ने राम बहादुर खटिकको घरबाट लागूऔषध सेवनमा प्रयोग हुने विभिन्न सामाग्रीहरु सहित श्रोत नखुलेको रु. ३५,८५,२१४।- रुपैयाँ बरामद भएको छ ।

मिति २०७८।०९।२३ गते अन्दाजी राति २४:०० बजेको समयमा चेतन खटिक भन्ने राम बहादुर खटिकको घरमा लागूऔषधको कारोबार भई रहेको छ भन्ने गोप्य सूचनाको आधारमा प्र.नि. दिनेश गुरुङको कमाण्डमा प्रहरी टोली खटी गई निजको घर रितपुर्बक खान तलासी गर्ने क्रममा निज सुत्ने कोठामा रहेको बाक्सामा स्रोत नखुलेको नेपाली रु. २,४३,३८५ ।- (अक्षरुपी दुई लाख त्रिचालिस हजार तीन सय पचासी रुपैयाँ) र भारतिय रु. २,६३० ।- (अक्षरुपी दुई हजार छ तीस रुपैयाँ) र सोही कोठामा रहेको स्टिलको दराजमा श्रोत नखुलेको नेपाली रु. ३०,४२,८०५ ।- (अक्षरुपी तिस लाख बयालिस हजार आठ सय पाँच रुपैयाँ) र भारतिय रु. १,८२,४१० ।- (अक्षरुपी एकलाख बयासी हजार चार सय दश रुपैयाँ) रकम एक मुष्ठ जोड गर्दा नेपाली रु. ३५,८५,२१४ ।- (अक्षरुपी पैतिस लाख पचासी हजार दुई सय चौध रुपैयाँ) , उक्त दराज तथा बाक्सामा बिभिन्न कम्पनीका १६ थान मोबाईल, लागूऔषध सेवन गर्न प्रयोग हुने स्टिल पेपर रोल थान १, बिभिन्न कलरको लाईटर थान १०, लागूऔषध सेवन गर्न प्रयोग भएको स्टिल पेपर थान ४, स्टिलको थाल थान १, चक्कु थान १, लागूऔषध सेवन गर्न प्रयोग भएको कागजको रोल थान २, ब्लेडको आधा टुक्रा थान १ र लागूऔषध सेवन गर्न प्रयोग भएको भारतिय १ रुपैयाँको सिक्का समेत वरामद गरी, निज चेतन खटिक भन्ने राम बहादुर खटिकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २ जना पक्राउ
२०८२-०३-१५

बाँके, नेपालगंज उपमहानगरपालिका-२ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २० ग्राम ९ सय २० मिलिग्राम सहित भारत उत्तर प्रदेश बराइज-१३ केवलपुर बस्ने २४ वर्षीय मोहम्मद आरिफलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।रूपन्देही, सिद्धार्थनगर नगरपालिका-१ डण्डापुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ४० मिलिग्राम सहित गुल्मी रेसुङ्गा नगरपालिका-३ बस्ने ३१ वर्षीय सुबास केसीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै उनले प्रयोग गरेको लु. ३८ प ५४५५ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ४ जना पक्राउ
२०८२-०३-१३

बर्दिया, गुलरीया नगरपालिका-११ गणेशपुर बाईपासबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुलरीया नगरपालिका-६ शान्तिटोल बस्ने २५ वर्षीय शम्शेर खान र हुम्ला सिमकोट गाउँपालिका-५ बस्ने २० वर्षीय करण रोकाय रहेका छन् । प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।             रूपन्देही, सिद्धार्थनगर नगरपालिका-४ उद्योगपुरीबाट नियन्त्रित लागूऔषध डाइजेपाम १ सय एम्पुल, फेनारगन १ सय एम्पुल र बुप्रेनोर्फिन १ सय एम्पुल सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मर्चवारी गाउँपालिका-६ बस्ने ३३ वर्षीय पिन्टु यादव र ३२ वर्षीय हरिद्वार प्रसाद कुर्मी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले युपि ५६ एम ६१२० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।               यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ४ जना पक्राउ
२०८२-०३-१२

नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-१ सौवाटिकरबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन ८ एम्पुल, फेनारगन ८ एमुपल र डाइजेपाम ८ एम्पुल सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रूपन्देही बुटवल उपमहानगरपालिका-४ लक्ष्मीनगर बस्न २५ वर्षीय पदम थापा र सोही उपमहानगरपालिका-६ बुद्धपथ बस्ने २८ वर्षीय लोक बहादुर पुलामी रहेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  बर्दिया, बढैयाताल गाउँपालिका-७ पुरानो कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम सहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके बैजनाथ गाउँपालिका-१ चिसापानी बस्ने ३५ वर्षीय मान बहादुर सुनार र २५ वर्षीय नरेश आचार्य रहेका छन् । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग भे.५ प ४२५३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।