प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागूऔषध सहित ४ जना मानिस पक्राउ ।

२०७८-०९-३०

  • A
  • A-
  • A+
Share

लागूऔषध सहित ४ जना मानिस पक्राउ

मिति २०७८।०९।२८ र २९ गते यस कार्यालय मातहत बिभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा  १२.३ ग्राम लागु औषध (ब्राउन सुगर) सहित भारतबाट नेपाल तर्फ आउँदै गरेका निम्न मानिसहरुलाई पक्राउ गरी लागु औषध मुद्दामा आवश्यक अनुसन्धान भईरहेको ।

घटना नं.-१

पक्राउ मिति:-२०७८।०९।२८ गते ।

पक्राउ परेको स्थान:- जिल्ला बर्दिया बढैयाताल गाउँपालिका-०२

पक्राउ पर्ने मानिसहरु:- जिल्ला बाँके खजुरा गाँउपालिका -०२

बस्ने बर्ष ३३ को दिवश भण्डारी र ऐ.ऐ.-०५ बस्ने बर्ष २१ को

बिशाल परियार

बरामद लागु औषधको परिमाण:- १ ग्राम ४०० मिलिग्राम

बरामद अन्य सामान :- मोबाईल थान -२

घटना नं.-२

पक्राउ मिति:-२०७८।०९।२९ गते ।

पक्राउ परेको स्थान:- जिल्ला बर्दिया बढैयाताल गाउँपालिका-०७

पक्राउ पर्ने मानिसहरु:- जिल्ला दैलेख गुँरास गाउँपालिका-०३ बस्ने

बर्ष ३० को तुलाराम शर्मा

बरामद लागु औषधको परिमाण:- ७ ग्राम ४४० मिलीग्राम

बरामद अन्य सामान :- मोटरसाईकल थान-१, मोबाईल थान-१

घटना नं.-३

पक्राउ मिति:-२०७८।०९।२९ गते ।

पक्राउ परेको स्थान:- जिल्ला बर्दिया बढैयाताल गाउँपालिका-०८

पक्राउ पर्ने मानिसहरु:- जिल्ला बर्दिया गुलरिया नगर पालिका वडा

 नं.०४ बस्ने बर्ष २० को बिपन सुनार

बरामद लागु औषधको परिमाण:- ३ ग्राम ४६० मिलीग्राम

बरामद अन्य सामान :- मोटरसाईकल थान-१, मोबाईल थान-१

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २ जना पक्राउ
२०८२-०३-१५

बाँके, नेपालगंज उपमहानगरपालिका-२ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २० ग्राम ९ सय २० मिलिग्राम सहित भारत उत्तर प्रदेश बराइज-१३ केवलपुर बस्ने २४ वर्षीय मोहम्मद आरिफलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।रूपन्देही, सिद्धार्थनगर नगरपालिका-१ डण्डापुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ४० मिलिग्राम सहित गुल्मी रेसुङ्गा नगरपालिका-३ बस्ने ३१ वर्षीय सुबास केसीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै उनले प्रयोग गरेको लु. ३८ प ५४५५ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ४ जना पक्राउ
२०८२-०३-१३

बर्दिया, गुलरीया नगरपालिका-११ गणेशपुर बाईपासबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुलरीया नगरपालिका-६ शान्तिटोल बस्ने २५ वर्षीय शम्शेर खान र हुम्ला सिमकोट गाउँपालिका-५ बस्ने २० वर्षीय करण रोकाय रहेका छन् । प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।             रूपन्देही, सिद्धार्थनगर नगरपालिका-४ उद्योगपुरीबाट नियन्त्रित लागूऔषध डाइजेपाम १ सय एम्पुल, फेनारगन १ सय एम्पुल र बुप्रेनोर्फिन १ सय एम्पुल सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मर्चवारी गाउँपालिका-६ बस्ने ३३ वर्षीय पिन्टु यादव र ३२ वर्षीय हरिद्वार प्रसाद कुर्मी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले युपि ५६ एम ६१२० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।               यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ४ जना पक्राउ
२०८२-०३-१२

नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-१ सौवाटिकरबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन ८ एम्पुल, फेनारगन ८ एमुपल र डाइजेपाम ८ एम्पुल सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रूपन्देही बुटवल उपमहानगरपालिका-४ लक्ष्मीनगर बस्न २५ वर्षीय पदम थापा र सोही उपमहानगरपालिका-६ बुद्धपथ बस्ने २८ वर्षीय लोक बहादुर पुलामी रहेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  बर्दिया, बढैयाताल गाउँपालिका-७ पुरानो कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम सहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके बैजनाथ गाउँपालिका-१ चिसापानी बस्ने ३५ वर्षीय मान बहादुर सुनार र २५ वर्षीय नरेश आचार्य रहेका छन् । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग भे.५ प ४२५३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।