प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागूऔषध ब्राउन सुगर सहित मानिस नियन्त्रणमा

२०७८-१२-३०

  • A
  • A-
  • A+
Share

बाँके, २०७८ साल चैत्र ३०

जिल्लाको कोहलपुर नगरपालिका वडा नं.१२ बाट ८० ग्राम लागूऔषध खैरो हिरोइन सहित एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोहि घर भएका ३० वर्षिय मुन्ना भन्ने जगत के.सी. रहेका छन् ।

मिति २०७८।१२।२९ गते अं.१६:०० बजेको समयमा जिल्ला बाँके, कोहलपुर नगरपालिका वडा नं. १२  रोहिनी खोला स्थित राजमार्ग सडक खण्डमा अवैध लागूऔषध ब्राउन सुगर (खैरो हिरोईन) को कारोवार हुँदै छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोली खटीगई चेकजाँच गर्ने क्रममा मुन्ना भन्ने जगत के.सी.लाई  खान तलासी गर्दा निजले दायाँ हातमा समाती राखेको रातो रङको कपडाको झोला भित्रबाट रातो रङको प्लाष्टिकले लपेटी राखेको ८० ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखीने धुलो पदार्थ र निजले प्रयोग गरेको भे.१२ प.२९०नं. को  स्कुटर बरामद गरिएको छ । निज मुन्ना भन्ने जगत के.सी.लाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध ब्राउनसुगरसहित बर्दियाबाट ४ जना पक्राउ
२०८०-०८-२०

बर्दियाबढैयाताल गाउँपालिका-७ बाट १ जना र सोही गाउँपालिका-२ फुटाहाबाट ३ जना गरी ४ जनालाई अवैध लागूऔषध ब्राउनसुगर २४ ग्राम ९० मिलिग्राम सहित मंगलबार प्रहरीले पक्राउ गरेको छ । सोही गाउँपालिका-७ बाट पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका-१५ बस्ने २४ वर्षीय निरज कुमार थारु रहेका छन् । भे.३ प २६९६ नम्बरको मोटरसाईकलमा सवार उनलाई जिल्ला प्रहरी कार्यालय बर्दिया र ईलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले २२ ग्राम ५ सय ६० मिलिग्राम उक्त पदार्थसहित मंगलबार दिउँसो पक्राउ गरेको हो । यसैगरी बढैयाताल गाउँपालिका-२ फुटाहाबाट पक्राउ पर्नेमा सोही गाउँपालिका-१ ठूलो डाँफे बस्ने २२ वर्षीय रवी रसाईली समेत ३ जना रहेका छन् । प्रदेश २-०३-०१५ प ००९४ नम्बरको स्कुटरमा सवार उनीहरूलाई प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले  १ ग्राम ५ सय ३० मिलिग्राम उक्त पदार्थसहित मंगलबार साँझ पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।