प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मोटरसाईकल दुर्घटनाबाट १ को मृत्यु १ जना घाईते:

२०७९-०४-२३

  • A
  • A-
  • A+
Share

दाङ २३ साउन,

 बर्दिया, मधुवन नगरपालिका वडा नं. ४ मख्खन चौक हुलाकी सडकखण्डमा मिति २०७९।०४।२२ गते राती ११:४० बजेको समयमा भुरीगाउँतर्फबाट आउँदै गरेको भे १२ प ७३५ नं. को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक मधुवन नगरपालिका ४ बाँदरभरिया बस्ने बर्ष ३० को सुनिल चौधरी र सोही बेलुवा बस्ने वर्ष २७ की सोनिया थारु गभ्मिर घाईते भएका थिए । घाइते सोनिया थारुको बर्दिया अस्पताल गुलरियामा उपचारको क्रममा मिति २०७९।०४।२३ गते राती ००:४८ बजेको समयमा मृत्यु भएको छ भने घाइते सुनिल चौधरीको नर्सिङहोम नेपालगंजमा उपचार भई रहेको छ । दुर्घटनाग्रस्त मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार