प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

देबरद्वारा भाउजुमाथि चक्कु प्रहार गरी घाइते बनाएको

२०७९-०४-२३

  • A
  • A-
  • A+
Share

दाङ २३ साउन,

नवल्परासी पश्चिम, सुनवल नगरपालिका वडा नं. ५ हर्दिया बस्ने बर्ष ३२ को बिशाल खड्काले मिति २०७९।०४।२२ गते राती १०:२० बजेको समयमा आफ्नै भाउजु बर्ष २८ की ममता खड्काको घाँटीमा चक्कु प्रहार गरी घाईते बनाएको भन्ने जानकारी प्राप्त हुनासाथ घटनास्थलमा प्र.नि. बिष्णु पौडेलको कमाण्डमा ५ जनाको टोली खटि गई निज बिशाल खड्कालाई नियन्त्रणमा लिने क्रममा ईलाका प्रहरी कार्यालय, सुनवलमा कार्यरत प्रहरी हबल्दार खिम बहादुर गुरुङको घाँटीमा समेत सोही चक्कुले प्रहार गरी घाईते बनाएकोमा  घाइतेहरुको देवदह मेडिकल कलेज भलुही, रुपन्देहीमा उपचार भई रहेको छ । निज बिशाल खड्कालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित १ जना पक्राउ
२०८२-०८-२५

रूपन्देही, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन टर्मिनलबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब १ किलो २ सय ९९ ग्राम ९ सय ५० मिलिग्राम सहित भारत उत्तर प्रदेश कानपुर लखनउ बस्ने २४ वर्षीय MOHAMMAD FAIZY ANSARI लाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । एयर एसियाको उडानद्वारा थाईल्याण्डको बैंककबाट आएका उनलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय समेतबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको सुटकेशबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।