प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागूऔषध सहित मानिस नियन्त्रणमा:

२०७९-०४-३०

  • A
  • A-
  • A+
Share


दाङ, ३० साउन

दाङ, तुल्सिपुर उप-महानगरपालिका वडा नं. १६ बस्ने वर्ष ५० की पार्वती खत्रीको घरबाट लागूऔषध गाँजा बरामद भएको छ । विशेष सूचनाको आधारमा आइतबार राती अन्दाजी २०:३० बजे खत्रीको घर खानतलासी गर्दा घरको माथिल्लो तलाको बैकलमा सेतो पलाष्टिकको बोराभित्र लुकाई राखेको अवस्थामा ५ के.जी. लागूऔषध गाँजा बरामद भएको हो । बरामदीत गाँजा र निज पार्वती खत्रीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरि रहेको छ ।  

सम्बन्धित समाचार
अवैध गाँजा सहित १ जना पक्राउ
२०८१-१२-०५

रूपन्देही, सिद्धार्थनगर नगरपालिका स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ शुद्ध तौल ७ किलोग्रा ५०० ग्राम सहित सोमबार दिउँसो Thai Air Asia को उडान मार्फत थाइल्याण्को बैङ्ककबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा आएकी (पासपोर्ट नं. X5250926) मुम्बई महाराष्ट्र ठेगाना भएकी महिला बर्ष अन्दाजी ४५ कि गुलनाज बैग (Gulnaz Baig) लाई  प्रहरीले प्रकाउ गरेको छ ।  उक्त स्थानमा खटिएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा उक्त पदार्थ सहित उनलाई प्रकाउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भई रहेको छ ।