प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना

२०७९-०५-०२

  • A
  • A-
  • A+
Share

दाङ, घोराही उप-महानगरपालिका १३ स्थित बनगाँउ देखी घोराही तर्फ आउदै गरेको रा.१ ह. ३०९४ न.को अटो आफै अनियन्त्रीत भई दुर्घटना हुन जाँदा निम्न स्थान बस्ने निम्न ब्यक्तिहरु घाईते भई उपचारको लागी राप्ति स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ तर्फ पठाईएको, उक्त स्थानमा प्रहरी टोली खटी गएको, अटो र अटो चालक प्रहरीको नियन्त्रणमा रहेको ।

                                             निम्न घाईतेहरु :-

१) जिल्ला दाङ घोराही उप-महानगरपालिका-१३ बस्ने बर्ष ११ को साहिल गिरी, अवस्था मध्यम ।

२) ऐ. बस्ने बर्ष ४२ की निर्मला गिरी, अबस्था मध्यम ।

३) ऐ. बस्ने बर्ष ६० की अस्मानी चौधरी, अबस्था मध्यम ।


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित २ जना पक्राउ
२०८३-०४-१९

बाँके, नेपालगंज उपमहानगरपालिका-४ बाट अवैध लागूऔषध खैरो हेरोइन १ सय ५३ ग्राम ९ सय ५० मिलिग्राम सहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-४ बस्ने ३० वर्षीय सुशिल भण्डारी र सोही उपमहानगरपालिका-१० बस्ने ५५ वर्षीय अरूण कुमार जयसवाल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा प्रहरीले अरूण कुमारको घर तलासी गर्दा थप ४ सय २५ ग्राम खैरो हेरोइन, नगद १ लाख ८० हजार नेपाली रूपैयाँ, २ लाख १४ हजार भारतीय रूपैयाँ र डिजिटल तराजु १ थान समेत फेला पारी बरामद गरेको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।