प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

करेन्ट लागी मृत्यु

२०७९-०५-०४

  • A
  • A-
  • A+
Share

बाँके नेपालगंज उप-महानगरपालिका-१७ ढोडेगाउँ स्थित ऐ.बस्ने बर्ष ४० को पर्शुराम कलवारको छोरा बर्ष २५ को बब्लु कलवारलाई आफ्नै भे १ स ७१४० नं.को ब्याट्रीवाला अटो रिक्सा चार्ज गर्ने क्रममा एक्कासी करेन्ट लाग्न गई निजलाई छुटाउने क्रममा निजको बुवा पर्शुराम कलवार र निजकै हजुर आमा बर्ष ८५ की रामराज कलवारलाई समेत  करेन्ट लागी बब्लु कलवारको घटनास्थलमा नै मृत्यु भएको लास घटनास्थलमा रहेको, पर्शुराम कलवारको उपचारको क्रममा नर्सिङहोम नेपालगंज बाँकेमा मृत्यु भएको र रामराज कलवारको  नर्सिङहोम नेपालगंज बाँकेमा उपचार भई रहेको अवस्था सामान्य घटनास्थलमा प्रहरी टोली खटिएको

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ४ जना पक्राउ
२०८२-१०-२८

बाँके, नेपालगंज उपमहानगरपालिका-१० गणेशमान चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ७ सय १० मिलिग्राम सहित रूकुम पश्चिम घर भएका ३८ वर्षीय डम्बर बहादुर केसीलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज र प्रहरी बिट गणेशमान चोकबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी बाँके, बैजनाथ गाउँपालिका-५ गुरूवा गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने २६ वर्षीय बिरेन्द्र कुमार थारूलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट जि गाउँबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।             यसैगरी रूपन्देही, सिद्धार्थनगर नगरपालिका-१ बेलहिया डण्डापुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १६ ग्राम सहित गैडहवा गाउँपालिका-६ बस्ने २० वर्षीय मोहित केवट समेत २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको   छ । उक्त स्थानमा खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।                यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।