प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पोखरीमा डुबी मृत्यु

२०७९-०५-०५

  • A
  • A-
  • A+
Share

नवलपरासी, रामग्राम नगरपालिका-३ घोडपाली बस्ने बर्कत मियाको छोरा बर्ष अन्दाजी ७ को फिरोज मिया आफ्नै घर नजिकै रहेको पानी पोखरीमा डुबी मृत अवस्थामा स्थानीयले देखी घर परिवारले शव पोखरीबाट निकाली घरमा ल्याई राखेको भन्ने स्थानिय मार्फत खबर प्राप्त हुनासाथ तत्काल प्ररही टोली खटि गएको, मृतक पहिले देखीनै सुस्त मनस्थितीको रहेको भन्ने आफन्तबाट बुझिएको, अन्य अनुसन्धान भईरहेको

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित १ जना पक्राउ
२०८२-०८-२५

रूपन्देही, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन टर्मिनलबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब १ किलो २ सय ९९ ग्राम ९ सय ५० मिलिग्राम सहित भारत उत्तर प्रदेश कानपुर लखनउ बस्ने २४ वर्षीय MOHAMMAD FAIZY ANSARI लाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । एयर एसियाको उडानद्वारा थाईल्याण्डको बैंककबाट आएका उनलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय समेतबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको सुटकेशबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।