प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागूऔषध सहित मानिस पक्राउ

२०७९-०५-०६

  • A
  • A-
  • A+
Share

रुपन्देही रोहिणी गाउँपालिका वडा नं.-५ दरवा स्थितबाट मिति २०७९।०५।०६ गते २१:०० बजेको समयमा लागूऔषध सहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा अटो चालक जिल्ला रुपन्देही देबदह नगरपालिका-१ बस्ने बर्ष २१ को  पर कुमार हरिजन, अटोमा सवार ऐ.ऐ. बस्ने बर्ष २३ को सुरज सहानी र अटोमा सवार ऐ.ऐ. बस्ने बर्ष २२ को दिनेश सहानी रहेका छन् । प्रहरीको चेकिंग टोलीले अटोलाई चेकजाँच गर्दा उनीहरुको साथबाट Diazspam lnjecton २० थान, Prememthazing Hydrachloride २० थान र नुफिन २० थान लागूऔषध बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  

सम्बन्धित समाचार
अवैध गाँजा सहित १ जना पक्राउ
२०८१-१२-०५

रूपन्देही, सिद्धार्थनगर नगरपालिका स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ शुद्ध तौल ७ किलोग्रा ५०० ग्राम सहित सोमबार दिउँसो Thai Air Asia को उडान मार्फत थाइल्याण्को बैङ्ककबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा आएकी (पासपोर्ट नं. X5250926) मुम्बई महाराष्ट्र ठेगाना भएकी महिला बर्ष अन्दाजी ४५ कि गुलनाज बैग (Gulnaz Baig) लाई  प्रहरीले प्रकाउ गरेको छ ।  उक्त स्थानमा खटिएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा उक्त पदार्थ सहित उनलाई प्रकाउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भई रहेको छ ।