प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भरुवा बन्दुक सहित मानिस नियन्त्रणमा :-

२०७९-०५-१२

  • A
  • A-
  • A+
Share

दाङ १२ भाद्र,

दाङ, गढवा नगरपालिका वडा नं. ७ ज्वती सामुदायिक बनबाट राम बहादुर चौधरीलाई भरुवा बन्दुक, बारुद, केप, फलामको गोली र छर्रा सहित पक्राउ गरिएको छ ।  मिति २०७९।०५।११ गते १८:४० बजे ज्वती सामुदायिक बनमा शिकार खेल्न गएक भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गढवाबाट प्र.नि. रन्जु के.ी. को कमाण्डमा ७ जनाको टोली खटि गएको थियो । प्रहरी टोलीले जिल्ला दाङ, राजपुर गाँउपालिका वडा नं. १ कठबेरुवा बस्ने बर्ष ४२ को राम बहादुर चौधरीबाट लोड गरेको भरुवा बन्दुक  थान १ (एक नाले), बारुद १०० ग्राम,  केप थान ४ , फलामको गोलि १९ वटा  र फलामको छर्रा १२६ वटा बरामद गरेको छ । बरामद भएको भरुवा बन्दुक लगायतका सामान सहित निज राम बहादुर चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ

सम्बन्धित समाचार
अवैध लागूऔषध ब्राउनसुगरसहित बर्दियाबाट ४ जना पक्राउ
२०८०-०८-२०

बर्दियाबढैयाताल गाउँपालिका-७ बाट १ जना र सोही गाउँपालिका-२ फुटाहाबाट ३ जना गरी ४ जनालाई अवैध लागूऔषध ब्राउनसुगर २४ ग्राम ९० मिलिग्राम सहित मंगलबार प्रहरीले पक्राउ गरेको छ । सोही गाउँपालिका-७ बाट पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका-१५ बस्ने २४ वर्षीय निरज कुमार थारु रहेका छन् । भे.३ प २६९६ नम्बरको मोटरसाईकलमा सवार उनलाई जिल्ला प्रहरी कार्यालय बर्दिया र ईलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले २२ ग्राम ५ सय ६० मिलिग्राम उक्त पदार्थसहित मंगलबार दिउँसो पक्राउ गरेको हो । यसैगरी बढैयाताल गाउँपालिका-२ फुटाहाबाट पक्राउ पर्नेमा सोही गाउँपालिका-१ ठूलो डाँफे बस्ने २२ वर्षीय रवी रसाईली समेत ३ जना रहेका छन् । प्रदेश २-०३-०१५ प ००९४ नम्बरको स्कुटरमा सवार उनीहरूलाई प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले  १ ग्राम ५ सय ३० मिलिग्राम उक्त पदार्थसहित मंगलबार साँझ पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।