प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रभात फेरी कार्यक्रम सम्पन्न

२०७९-०६-०३

  • A
  • A-
  • A+
Share

असोज-३ गते,

जिल्ला रुपन्देही बुटवल उप-महानगरपालिका-१० स्थितबाट आन्तरिक मामिला कानून तथा संचार मन्त्रालयको आयोजनामा (संबिधान दिवस, २०७९ को अवसरमा प्रभात फेरी) कार्यक्रम प्रमुख अतिथि लुम्बिनी प्रदेश प्रमुख माननीय श्री अमिक शेरचन र प्रमुख अतिथि माननीय मुख्य मन्त्री श्री कुल प्रसाद के.सी.ज्यूको अध्यक्षतामा  सुरु भएको उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका मन्त्रीहरू, प्र.जि.अ. भरतमणि पाण्डे, नेपाली सेनाको सहायक रथी नवराज गुरुङ, लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका प्रमुख प्र.ना.म.नि. नल प्रसाद उपाध्याय, स.प्र.ई.का.भैरहवाका प्रमुख प्र.ब.उ.शिद्धीबिक्रम शाह, प्र.ता.के.बुटवलका प्रमुख प्र.ब.उ. सुरेन्द्र प्रसाद मैनाली, नेपाल प्रहरी रामार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका प्रमुख प्र.उ. योगेन्द्र सिंह थापा, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्र.उ. रबिन्द्र रेग्मी, स.प्र.बल नेपाल २७ नं. गणका स.प्र.उ. गगन श्रेष्ठ, विभिन्न संघ संस्थाका पदाधिकारीहरू लगायत अन्दाजी १५०० उपस्थिति रहेको थियो । उक्त प्रभात फेरी कार्यक्रम बुटवल चौराहाबाट सुरु भई अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा पुगी कार्यक्रम गरी सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार
भरूवा बन्दुकको छर्रा लागेर मृत्यु
२०८०-०८-२४

पाल्पा, निस्दी गाउँपालिका-४ मित्याल गाङसिङ्डाँडा बस्ने ४८ वर्षीय डम्मर बहादुर सारुको आफैले बोकेको भरूवा बन्दुकको छर्रा लागेर मृत्यु भएको छ ।भरुवा बन्दुक बोकी फापर खान बारीमा आएको दुम्सी मार्न जाने क्रममा चिप्लिएर लडी आफैँले बोकेको भरुवा बन्दुक पड्कन गई छर्रा लाग्दा शनिबार राति घाइते भएका उनको रामपुर अस्पताल पाल्पामा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको हो । ईलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले निस्दि गाउँपालिका-४ सपाङ्दीगैरास्थित खरबारीको अम्रिसो घारीमा एकनाले भरुवा बन्दुक १ थान र झोला फेला पारी बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सवारी दुर्घटनामा २ जनाको मृत्यु
२०८०-०८-२४

अर्घाखाँची, सितगंगा नगरपलिका-८ सातमारामा ना.६ ख २७३९ नम्बरको गिट्टी लोड भएको ट्रक करिब २० मिटर तल खसेर शनिबार साँझ दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा ट्रक चालक नवलपरासी पश्चिम रामग्राम नगरपालिका-१८ बस्ने ३१ वर्षीय सन्जय थारू र सह-चालक रूपन्देही सियारी गाउँपालिका-२ बगदर्री बस्ने २३ वर्षीय भोला कुर्मी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका संजय थारूको लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र भोला कुर्मीको स्वास्थ्य चौकी भालुवाङ दाङमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध ब्राउनसुगरसहित बर्दियाबाट ४ जना पक्राउ
२०८०-०८-२०

बर्दियाबढैयाताल गाउँपालिका-७ बाट १ जना र सोही गाउँपालिका-२ फुटाहाबाट ३ जना गरी ४ जनालाई अवैध लागूऔषध ब्राउनसुगर २४ ग्राम ९० मिलिग्राम सहित मंगलबार प्रहरीले पक्राउ गरेको छ । सोही गाउँपालिका-७ बाट पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका-१५ बस्ने २४ वर्षीय निरज कुमार थारु रहेका छन् । भे.३ प २६९६ नम्बरको मोटरसाईकलमा सवार उनलाई जिल्ला प्रहरी कार्यालय बर्दिया र ईलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले २२ ग्राम ५ सय ६० मिलिग्राम उक्त पदार्थसहित मंगलबार दिउँसो पक्राउ गरेको हो । यसैगरी बढैयाताल गाउँपालिका-२ फुटाहाबाट पक्राउ पर्नेमा सोही गाउँपालिका-१ ठूलो डाँफे बस्ने २२ वर्षीय रवी रसाईली समेत ३ जना रहेका छन् । प्रदेश २-०३-०१५ प ००९४ नम्बरको स्कुटरमा सवार उनीहरूलाई प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले  १ ग्राम ५ सय ३० मिलिग्राम उक्त पदार्थसहित मंगलबार साँझ पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।