प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध सहित मानिस पक्राउ

२०७९-१२-०७

  • A
  • A-
  • A+
Share

जिल्ला रुपन्देही बुटवल उप-महानगरपालिका वडा नं. ०९ बसपार्क दुर्गा होटल अगाडी खटी गएको प्रहरीको गस्ती टोलीले जिल्ला तनहुं शुक्ला गण्डकी गाउँपालिका १० पातीशर बस्ने बर्ष २७ को नबिन थापालाई शंका लागी  चेक जाच गर्दा निजले बोकेको झोलामा डाईजापाम ४५ एम्पुल, फेनारागन ४५ एमपुल, नुफिन ४५ एम्पुल फेला पारी लागुऔषध सहित  निजलाई  नियन्त्रणमा लिई, थप अनुसन्धान कार्य भइरहेको ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २ जना पक्राउ
२०८२-०१-०९

   बाँके, नेपालगञ्ज उपमहानगरपालिका-२ पुष्पलाल चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१८ कारकाँदो बस्ने ४२ वर्षीय पुष्कर कार्कीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  रूपन्देही, देवदह नगरपालिका-५ खैरेनीचोकबाट नियन्त्रित लागूऔषध डाइजेपाम ४१ एम्पुल, फेनारगन ४१ एम्पुल र टेलजेसिक ४१ एम्पुल सहित कन्चन गाउँपालिका-५ रूद्रपुर बस्ने २४ वर्षीय यम बहादुर बिकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।