प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनामा १ जनाको मृत्यु

२०७९-१२-२६

  • A
  • A-
  • A+
Share

कपिलवस्तु, वाणगंगा नगरपालिका-४ तिनकुने चोकस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-३ सिउटी बस्ने ३६ वर्षीय राम मिलन चौधरीको शनिबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल सवारी साधनसहित फरार चालकको प्रहरीले खोजी गरिरहेको छ । 

सम्बन्धित समाचार
अवैध लागूऔषध ब्राउनसुगरसहित बर्दियाबाट ४ जना पक्राउ
२०८०-०८-२०

बर्दियाबढैयाताल गाउँपालिका-७ बाट १ जना र सोही गाउँपालिका-२ फुटाहाबाट ३ जना गरी ४ जनालाई अवैध लागूऔषध ब्राउनसुगर २४ ग्राम ९० मिलिग्राम सहित मंगलबार प्रहरीले पक्राउ गरेको छ । सोही गाउँपालिका-७ बाट पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका-१५ बस्ने २४ वर्षीय निरज कुमार थारु रहेका छन् । भे.३ प २६९६ नम्बरको मोटरसाईकलमा सवार उनलाई जिल्ला प्रहरी कार्यालय बर्दिया र ईलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले २२ ग्राम ५ सय ६० मिलिग्राम उक्त पदार्थसहित मंगलबार दिउँसो पक्राउ गरेको हो । यसैगरी बढैयाताल गाउँपालिका-२ फुटाहाबाट पक्राउ पर्नेमा सोही गाउँपालिका-१ ठूलो डाँफे बस्ने २२ वर्षीय रवी रसाईली समेत ३ जना रहेका छन् । प्रदेश २-०३-०१५ प ००९४ नम्बरको स्कुटरमा सवार उनीहरूलाई प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले  १ ग्राम ५ सय ३० मिलिग्राम उक्त पदार्थसहित मंगलबार साँझ पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।