करेन्ट लागेर मृत्यु
२०८०-०१-०४
- A
- A-
- A+
बर्दिया, बारबर्दिया नगरपालिका-७ दाङपुरा बस्ने ३५ वर्षीय राधेश्याम चौधरीको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको छ । आफ्नै मकै बारीमा पानी लगाउन पानी तान्ने क्रममा मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।