प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनामा १ जनाको मृत्यु

२०८०-०१-२९

  • A
  • A-
  • A+
Share

रोल्पा, लुङग्री गाउँपालिका-५ मछेरी स्थित सडकमा रा.१ त ३८८१ नम्बरको ट्याक्टर अनियन्त्रित भई बिहीबार राती दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने १३ वर्षीय खेमराज रोकाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र सुलीचौरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य ३ जनालाई सोही स्वास्थ्य केन्द्र हुँदै थप उपचारको लागि बुटवलतर्फ रिफर गरिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार