प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पहिरोका कारण सडक अवरोध

२०८०-०६-१७

  • A
  • A-
  • A+
Share

पाल्पा,  तिनाउ गाउँपालिका-५ कालीमाटीस्थित सिद्धार्थ राजमार्गमा बुधबार पहिरो जाँदा सडक अवरोध भएको छ ।  पहिरो गएको स्थानमा तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
अवैध कुखुरा सहित गाडी नियन्त्रणमा
२०८१-१२-१३

बर्दिया, राजापुर नगरपालिका ४ शान्तिपुर स्थित गुलरियाबाट राजापुर तर्फ आउदै गरेको ग २ च २६४९ नं को  बोलेरो जिपमा ५०० वटा  लेस कुखुरा र भे २ स ४४९९नं अटो रिक्शामा १८ वटा बोइलर कुखुरा अबैध रुपमा भन्सार छलि ल्याउदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय राजापुर, बर्दियाबाट खटिएको प्रहरी टोलीले फेला पारी बरामद गरेको छ । उक्त बोलेरो गाडीको अन्दाजी  मुल्य रु,६,००,०००।–(छ लाख),५०० पिस लेस कुखुराको अन्दाजी मुल्य रु,१,००,०००।–(एक लाख) अटोको अन्दजी मुल्य रु, १,००,०००।–(एक लाख),१८ पिस बोइलर कुखुराको अन्दाजी मुल्य रु,९०००(नौ हजार) गरी जम्मा अन्दाजी मुल्य रु, ८,०९०००।–(आठ लाख नौ हजार) बराबर रहेको छ ।  सवारी साधन र कुखुराहरु आबश्यक कारर्बाहीको लागी भन्सार कार्यालय गुलरिया बर्दियामा पठाईएको छ । 

अवैध गाँजा सहित भारतीय नागरिक जना पक्राउ
२०८१-१२-१२

रूपन्देही, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब १५ किलोग्राम सहित भारत रागवती हाउस कलिकेट केरला बस्ने ३४ वर्षीय रितेश कुमारलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको   छ । थाई एयर एशियाको उडानद्वारा थाइल्याण्डको बैङ्ककबाट नेपाल आएका उनलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलतर्फको एराइभल गेटनजिकैबाट नियन्त्रणमा लिइ तलासी गर्ने क्रममा उनको साथमा रहेको सुटकेसबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।