अवैध लागूऔषधसहित एक जना पक्राउ
२०८०-०८-०८
- A
- A-
- A+
बाँके, नेपालगंज उपमहानगरपालिक-१५
हड्डी चोकबाट अवैध लागूऔषध खैरो हेरोईन
जस्तो देखिने पदार्थ २५ ग्राम २ सय मिलिग्रामसहित भारत घर भएका १९ वर्षीय चाँद शालाई
बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जयसपुर र लागूऔषध
नियन्त्रण ब्यूरो नेपालगंजबाट संयुक्त रूपमा खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आइरहेको
उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।