प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भरूवा बन्दुक र बारूदसहित दुई जना पक्राउ

२०८०-०९-०२

  • A
  • A-
  • A+
Share

‍‍‍‍‍‍‍‍‍‍‍‍‍रूपन्देही, 

 तिलोत्तमा नगरपालिका-११ करैया सामुदायिक वनबाट २ नाल भरुवा बन्दुक, छर्रा र बारुद सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा देवदह नगरपालिका-१० गैरीगाँउ बस्ने ४८ वर्षीय कर्ण बहादुर परियार र सोही नगरपालिका-१० चरङगे बस्ने ४२ वर्षीय दिपक परियार रहेका छन् । ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार