प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

निरीक्षण भ्रमण तथा निर्देशन सम्बोधन कार्यक्रम

२०८०-१०-१९

  • A
  • A-
  • A+
Share

निरीक्षण भ्रमण तथा निर्देशन सम्बोधनको सिलसिलामा मिति २०८०।१०।१९ गते लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख श्रद्धेय श्रीमान प्रहरी नायब महानिरीक्षक कुबेर कडायतज्यू नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलमा पाल्नु भई कार्यालयको शाखाहरुको निरीक्षण, अनुगमन गरी कार्यालय तथा मातहत कार्यालयहरुबाट उपस्थित प्रहरी कर्मचारी, ईलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत प्रहरी कर्मचारीहरु र भर्चुअल माध्यमबाट जोडिनु भएका मातहत जिल्ला ट्राफिक प्रहरी प्रमुखहरुलाई समसामयिक विषयमा अमुल्य निर्देशन सम्बोधन दिनुभयो ।

निम्न:-

१. जनअपेक्षा अनुसार आफ्नो दायित्व बोध गरी कार्य सम्पादन गर्ने ।

२. सुरक्षित सडक र अनुशासित सडक बनाउने ।

३. सडकमा हुने सबै किसिमका अवरोधहरुलाई निराकरण गर्न सम्बन्धित सरोकारवाला निकायहरु संग समन्वय गरी रणनीति बनाउने

४. लेन अनुशासन पालना गराउँने ।

५. पैदलयात्रा गर्दा फुटपाथ भएकोमा फुटपाथ बाटै र फुटपाथ नभएकोमा दायाँ साईडबाट मात्र हिड्दा सुरक्षित हुने हुँदा सो सम्बन्धमा पैदलयात्रु लक्षित जनचेतनामुलक अभियान चलाउने ।

६. प्रहरी कर्मचारीहरुको आचरण व्यवहार राम्रो हुनु पर्ने ।

७. ईमान्दारिता, व्यवसायिकता, जिम्मेवारी बोध, चरित्रवान, पारदर्शी तथा उच्च मनोवल भएको प्रहरी मात्र अहिलेको समयमा योग्य हुन सक्ने हुँदा त्यस तर्फ सजग हुने ।

८. कार्यालय व्यवस्थापन तथा कार्यालयलाई सौन्दर्यीकरण बनाउने ।

९. थोरै बोल्ने धेरै सुन्ने बानीको बिकास गर्ने ।

१०. सिर्जनशिल तथा नवप्रवर्द्धनात्मक कार्य गर्ने ।

१२. कुनैपनि कार्यक्रमको उपलब्धि तथ्याङकगत रुपमा सकारात्मक परिणाम नआउँदा सम्म सफल मान्न नसकिने हुँदा त्यस तर्फ ध्यान दिने ।

१३. हरेक डिउटीमा सम्बन्धित कमाण्डर वा प्रमुखले ब्रिफिङ/डिब्रिफिङ गरी समिक्षा सहित थप रणनीति बनाई प्रभावकारी ढंगले पुलिसिङ गर्ने ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २ जना पक्राउ
२०८२-०३-१५

बाँके, नेपालगंज उपमहानगरपालिका-२ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २० ग्राम ९ सय २० मिलिग्राम सहित भारत उत्तर प्रदेश बराइज-१३ केवलपुर बस्ने २४ वर्षीय मोहम्मद आरिफलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।रूपन्देही, सिद्धार्थनगर नगरपालिका-१ डण्डापुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ४० मिलिग्राम सहित गुल्मी रेसुङ्गा नगरपालिका-३ बस्ने ३१ वर्षीय सुबास केसीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै उनले प्रयोग गरेको लु. ३८ प ५४५५ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ४ जना पक्राउ
२०८२-०३-१३

बर्दिया, गुलरीया नगरपालिका-११ गणेशपुर बाईपासबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुलरीया नगरपालिका-६ शान्तिटोल बस्ने २५ वर्षीय शम्शेर खान र हुम्ला सिमकोट गाउँपालिका-५ बस्ने २० वर्षीय करण रोकाय रहेका छन् । प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।             रूपन्देही, सिद्धार्थनगर नगरपालिका-४ उद्योगपुरीबाट नियन्त्रित लागूऔषध डाइजेपाम १ सय एम्पुल, फेनारगन १ सय एम्पुल र बुप्रेनोर्फिन १ सय एम्पुल सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मर्चवारी गाउँपालिका-६ बस्ने ३३ वर्षीय पिन्टु यादव र ३२ वर्षीय हरिद्वार प्रसाद कुर्मी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले युपि ५६ एम ६१२० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।               यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।