प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

निरीक्षण भ्रमण तथा निर्देशन सम्बोधन कार्यक्रम

२०८०-१०-१९

  • A
  • A-
  • A+
Share

निरीक्षण भ्रमण तथा निर्देशन सम्बोधनको सिलसिलामा मिति २०८०।१०।१९ गते लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख श्रद्धेय श्रीमान प्रहरी नायब महानिरीक्षक कुबेर कडायतज्यू नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलमा पाल्नु भई कार्यालयको शाखाहरुको निरीक्षण, अनुगमन गरी कार्यालय तथा मातहत कार्यालयहरुबाट उपस्थित प्रहरी कर्मचारी, ईलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत प्रहरी कर्मचारीहरु र भर्चुअल माध्यमबाट जोडिनु भएका मातहत जिल्ला ट्राफिक प्रहरी प्रमुखहरुलाई समसामयिक विषयमा अमुल्य निर्देशन सम्बोधन दिनुभयो ।

निम्न:-

१. जनअपेक्षा अनुसार आफ्नो दायित्व बोध गरी कार्य सम्पादन गर्ने ।

२. सुरक्षित सडक र अनुशासित सडक बनाउने ।

३. सडकमा हुने सबै किसिमका अवरोधहरुलाई निराकरण गर्न सम्बन्धित सरोकारवाला निकायहरु संग समन्वय गरी रणनीति बनाउने

४. लेन अनुशासन पालना गराउँने ।

५. पैदलयात्रा गर्दा फुटपाथ भएकोमा फुटपाथ बाटै र फुटपाथ नभएकोमा दायाँ साईडबाट मात्र हिड्दा सुरक्षित हुने हुँदा सो सम्बन्धमा पैदलयात्रु लक्षित जनचेतनामुलक अभियान चलाउने ।

६. प्रहरी कर्मचारीहरुको आचरण व्यवहार राम्रो हुनु पर्ने ।

७. ईमान्दारिता, व्यवसायिकता, जिम्मेवारी बोध, चरित्रवान, पारदर्शी तथा उच्च मनोवल भएको प्रहरी मात्र अहिलेको समयमा योग्य हुन सक्ने हुँदा त्यस तर्फ सजग हुने ।

८. कार्यालय व्यवस्थापन तथा कार्यालयलाई सौन्दर्यीकरण बनाउने ।

९. थोरै बोल्ने धेरै सुन्ने बानीको बिकास गर्ने ।

१०. सिर्जनशिल तथा नवप्रवर्द्धनात्मक कार्य गर्ने ।

१२. कुनैपनि कार्यक्रमको उपलब्धि तथ्याङकगत रुपमा सकारात्मक परिणाम नआउँदा सम्म सफल मान्न नसकिने हुँदा त्यस तर्फ ध्यान दिने ।

१३. हरेक डिउटीमा सम्बन्धित कमाण्डर वा प्रमुखले ब्रिफिङ/डिब्रिफिङ गरी समिक्षा सहित थप रणनीति बनाई प्रभावकारी ढंगले पुलिसिङ गर्ने ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित १ जना पक्राउ
२०८२-०८-२५

रूपन्देही, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन टर्मिनलबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब १ किलो २ सय ९९ ग्राम ९ सय ५० मिलिग्राम सहित भारत उत्तर प्रदेश कानपुर लखनउ बस्ने २४ वर्षीय MOHAMMAD FAIZY ANSARI लाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । एयर एसियाको उडानद्वारा थाईल्याण्डको बैंककबाट आएका उनलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय समेतबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको सुटकेशबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।