प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषधसहित १ जना पक्राउ

२०८०-११-१०

  • A
  • A-
  • A+
Share

रूपन्देही,

 बुटवल उपमहानगरपालिका-१० राजमार्ग चौराहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ८ सय मिलिग्रामसहित  सोही उपमहानगरपालिका-१० कालिकानगर बस्ने २५ वर्षीय प्रविन थापालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट चौराहाबाट खटिएको प्रहरीले लु.८३ प ५२२८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार थापालाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

सम्बन्धित समाचार