प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषधसहित २ जना पक्राउ

२०८०-११-२९

  • A
  • A-
  • A+
Share

दाङ,

लमही नगरपालिका-५ बसपार्कबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ६ ग्राम ६ सय ५० मिलिग्रामसहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तुल्सीपुर उपमहानगरपालिका-६ सुन्दरनगर बस्ने १९ वर्षीय अरुण गाईने र २२ वर्षीय सुदिप विक रहेका छन् । वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले अरुणलाई ४ ग्राम १ सय ३० मिलिग्राम र सुदिपलाई २ ग्राम ५ सय २० मिलिग्रामसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार