प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनामा १ जनाको मृत्यु

२०८१-०२-०९

  • A
  • A-
  • A+
Share

कपिलवस्तु, शिवराज नगरपालिका-५ बालापुर मोडस्थित सडकमा ना. ६ ख ६५६२ नम्बरको ट्रकले लु. १६ प ७५९९ नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक बुद्धभुमि नगरपालिका-९ बस्ने ५५ वर्षीय जलेश्वर प्रसाद थारूको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटा कपिलवस्तुमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार