प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नेपाल प्रहरी श्रीमती संघको ४० औ बार्षिकोत्सवको अवसरमा शैक्षिक सामग्री वितरण

२०८१-०४-२५

  • A
  • A-
  • A+
Share

मिति २०८१।०४।२४ गते नेपाल प्रहरी  श्रीमती संघ लुम्बिनी प्रदेश र जिल्ला प्रहरी कार्यालय गुल्मीको आयोजनामा नेपाल प्रहरी श्रीमती संघको ४० औ बार्षिकोत्सवको अवसरमा जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी कर्मचारीका सन्तती जो तम्घासका विभिन्न विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई जिल्ला प्रहरी कार्यालय गल्मीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक राजन भुजेल ज्यूबाट शैक्षिक सामाग्री वितरण गरी कार्यक्रम सम्पन्न भएको ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित १ जना पक्राउ
२०८२-०८-२५

रूपन्देही, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन टर्मिनलबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब १ किलो २ सय ९९ ग्राम ९ सय ५० मिलिग्राम सहित भारत उत्तर प्रदेश कानपुर लखनउ बस्ने २४ वर्षीय MOHAMMAD FAIZY ANSARI लाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । एयर एसियाको उडानद्वारा थाईल्याण्डको बैंककबाट आएका उनलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय समेतबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको सुटकेशबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।