प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

“४० औँ बार्षिक उत्सव” को अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न

२०८१-०४-२७

  • A
  • A-
  • A+
Share

 नेपाल प्रहरी श्रीमती संघको “४० औँ बार्षिक उत्सव” को अवसरमा मिति २०८१।०४।२६ गते  यस लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको  कार्यालय परिसर भित्र लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक कुवेर कडायतज्यूको उपस्तिथिमा वृक्षारोपण कार्यक्रम सम्पन्न ।

सम्बन्धित समाचार
अवैध लागूऔषधसहित मानिस पक्राउ
२०८१-०४-२७

दाङ, घोराही उपमहानगरपालिका-१० नारायणपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ६ सय ४० मिलिग्राम, नगद ४ हजार ८ सय ३० रूपैयाँ र मोबाइल १ थान सहित सोही उपमहानगरपालिका-१० सर्वेश्वरी टोल बस्ने १८ वर्षीय किशोरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नारायणपुर र जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको संयुक्त टोलीले ती किशोरलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-१७ पिपरहियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ९ ग्राम सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नवलपरासी प्रतापपुर गाउँपालिका-५ बसहिया बस्ने ४० वर्षीय अनिल कुमार कुर्मी र ५४ वर्षीय फेकु पासी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा रूपन्देही र जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट खटिएको संयुक्त टोलीले युपि ५७ एच ८६६१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

हातहतियार सहित तीन जना पक्राउ
२०८१-०४-२७

दाङ, २७ साउन             राजपुर गाउँपालिका-४ फोहरा बस्ने २२ वर्षीय ईच्ढा कुमार रैदासलाई भरूवा बन्दुक १ थान सहित गएराति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी चङगुवाबाट खटिएको प्रहरीले उनलाई सोही ठाउँस्थित बनशक्ति सामुदायिक वनमा शिकार खेल्न जाँदै गरेको अवस्थामा उक्त बन्दुक सहित पक्राउ गरेको हो । यसैगरी दाङ, तुलसीपुर उपमहानगरपालिका-४ ठुलाखालीस्थित गादिबरा सामुदायिक वनबाट भरूवा बन्दुक १ थान र सोही बन्दुकको गोली २१ राउण्ड छर्रा सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तुलसीपुर उपमहानगरपालिका-४ सुनवलपुर बस्ने ३६ वर्षीय टंक थापा र २९ वर्षीय युबराज गिरी रहेका छन् । अस्थायी प्रहरी पोष्ट गोठिखोलाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त हातहतियार सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

सवारी दुर्घटनाबाट मानिसको मृत्यु
२०८१-०४-२५

कपिलवस्तु, मायादेवी गाउँपालिका-२ अभिराभस्थित सडकमा ना.६ त ५३६७ नम्बरको ट्याक्टरले किचेर सोही गाउँपालिका-४ चाकरचौडा बस्ने २२ वर्षीया ममता कलवारको बिहीबार दिउँसो मृत्यु भएको छ । ट्याक्टरले किचेर गम्भीर घाइते भएकी उनको सिटी हस्पिटल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । उक्त सडकमा युपि ५३ इडि ८३९१ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिई मोटरसाइकल दुर्घटना भएको र मोटरसाइकलमा सवार कलवारलाई उक्त ट्याक्टरको पछाडिको टायरले किचेको थियो । ट्याक्टर र मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।बाँके, राप्तिसोनारी गाउँपालिका-९ झिझिरी खोलास्थित सडकमा कोहलपुरबाट ढकेरीतर्फ जाँदै गरेको ज्ञानकुञ्ज ईङलिस मिडियम बोडिङ स्कुल चप्परगौडीको ना.४ ख ४५७० नम्बरको बसको ठक्करबाट पैदलयात्री राप्तिसोनारी गाउँपालिका-९ खैरी बस्ने २६ वर्षीय गोबिन्द वलीको बिहीबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।