प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध सहित मानिस पक्राउ

२०८१-०८-१६

  • A
  • A-
  • A+
Share

जिल्ला बाँके कोहलपुर नगरपालिका-६ रझेना स्थित सिक्टा नहरको पुलमा सिक्टाबाट रझेना तर्फ भे ७ प २९७ नं.को मोटरसाइकल जाँदै गरेको जिल्ला बाँके कोहलपुर नगरपालिका-६ रझेना बस्ने बर्ष ३१ को बिश्वनाथ थारुलाई शंका लागी चेकजाँच गर्दा निजले बाँया हातमा लगाएको कालो रंगको पञ्जा भित्र लुकाई छिपाई राखेको खैरो कलरको ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ  (प्लास्टिक सहित को तौल ५ ग्राम ७० मिली ग्राम फेला पारी निज लाई मोटरसाइकल सहित नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित १ जना पक्राउ
२०८२-०८-२५

रूपन्देही, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन टर्मिनलबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब १ किलो २ सय ९९ ग्राम ९ सय ५० मिलिग्राम सहित भारत उत्तर प्रदेश कानपुर लखनउ बस्ने २४ वर्षीय MOHAMMAD FAIZY ANSARI लाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । एयर एसियाको उडानद्वारा थाईल्याण्डको बैंककबाट आएका उनलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय समेतबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको सुटकेशबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।