प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सामान बरामद

२०८१-१०-२५

  • A
  • A-
  • A+
Share

बर्दिया, गुलरिया न.पा.११ लालपुरबाट  जिल्ला प्रहरी कर्यलय बर्दियाबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छलि चोरी निकासी गरी ल्याउदै गरेको फेन्सी कपडा अन्दाजी मूल्य रु.५८,२००।- बराबरको सामान छोडी मानिस फरार रहेकोले उक्त सामान बरामद गरी आवश्यक कार्वाहीको लागी भन्सार कार्यालय बर्दिया तर्फ पठाईएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरेको छ । 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित २ जना पक्राउ
२०८३-०४-१९

बाँके, नेपालगंज उपमहानगरपालिका-४ बाट अवैध लागूऔषध खैरो हेरोइन १ सय ५३ ग्राम ९ सय ५० मिलिग्राम सहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-४ बस्ने ३० वर्षीय सुशिल भण्डारी र सोही उपमहानगरपालिका-१० बस्ने ५५ वर्षीय अरूण कुमार जयसवाल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा प्रहरीले अरूण कुमारको घर तलासी गर्दा थप ४ सय २५ ग्राम खैरो हेरोइन, नगद १ लाख ८० हजार नेपाली रूपैयाँ, २ लाख १४ हजार भारतीय रूपैयाँ र डिजिटल तराजु १ थान समेत फेला पारी बरामद गरेको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।