प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कपडा बरामद

२०८१-११-१९

  • A
  • A-
  • A+
Share

 रुपन्देही, देवदह नगरपालिका वडा नं. ५ खैरेनी स्थित पुर्व पश्चिम राजमार्ग सडक किनारामा भारतबाट भन्सार चोरी गरी ल्याएको बेवारिसे अवस्थामा रहेको ४०३ पिस लेडिज साडी प्रहरी चौकी खैरेनी, रुपन्देहीबाट खटिएको प्रहरी टोलीद्धारा बरामद गरिएको हो । सोही कपडाको अन्दाजी  मुल्य रु ८,०६,००० /-  (आठ लाख छ हजार ) बराबरको रहको छ ।  यस सम्बन्धमा आवश्यक कारवाहिको  लागी भन्सार कार्यालय भैरहवा पठाईएको छ । 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित १ जना पक्राउ
२०८२-०८-२५

रूपन्देही, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन टर्मिनलबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब १ किलो २ सय ९९ ग्राम ९ सय ५० मिलिग्राम सहित भारत उत्तर प्रदेश कानपुर लखनउ बस्ने २४ वर्षीय MOHAMMAD FAIZY ANSARI लाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । एयर एसियाको उडानद्वारा थाईल्याण्डको बैंककबाट आएका उनलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय समेतबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको सुटकेशबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।