सवारी दुर्घटना २ जनाको मृत्यु २० जना घाईते
२०८१-१२-२६
- A
- A-
- A+
रूपन्देही, लुम्बिनी सांस्कृतिक नगरपालिका-७ शिवगढीयास्थित सडकमा लु.१ च २७६३ नम्बरको पिकअप गाडी अनियन्त्रित भई सोमबार साँझ दुर्घटना हुँदा गाडीमा सवार गैडहवा गाउँपालिका-१ शिवपुरवा बस्ने रामकिशन यादवकी छोरी १२ वर्षीया अस्मिता यादव र शुद्धोधन गाउँपालिकका-६ मानमटेरिया बस्ने ४८ वर्षीया ज्ञानमती यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका गाडीमा सवार मध्ये १७ जनाको सोही अस्पतालमा र ३ जनाको लाईफ केयर पोलिक्लिनिक महजिदीयामा उपचार भइरहेको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।