प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनामा १ जनाको मृत्यु

२०८२-०१-२६

  • A
  • A-
  • A+
Share

पाल्पा, तिनाउ गाउँपालिका-३ सिद्दबाबा ड्यामसाईड नजिकै सडकमा लु.१ क २५१७ नम्बरको टिपर अनियन्त्रित भई बिहीबार साँझ दुर्घटना हुँदा चालक रूपन्देही सियारी गाउँपालिका-२ घर भएका २६ वर्षीय प्रभाकर यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
अवैध लागूऔषध र नगद पक्राउ
२०८२-०१-२५

नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-६ पोखरापाली बस्ने प्रेमनाथ बनियाँलाई अवैध लागूऔषध सेतो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ९७ मिलिग्राम, नियन्त्रित लागूऔषध डाइजेपाम २४ एम्पुल, फेनारगन २२ एम्पुल, बुप्रेनोर्फिन २१ एम्पुल, नाइट्राभेट ११ ट्याब्लेट, नगद ३५ लाख ९९ हजार ८ सय ६५ रूपैयाँ र मोबाइल १० थान सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।