प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित २ जना पक्राउ

२०८२-१०-२५

  • A
  • A-
  • A+
Share

बाँके, नेपालगंज उपमहानगरपालिका-१२ बेलासपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ८० मिलिग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जानकी गाउँपालिका-३ ईन्द्रपुर बस्ने २४ वर्षीय नरेन्द्र कुर्मी र नेपालगंज उपमहानगरपालिका-१२ बेलासपुर बस्ने २८ वर्षीय दिपु बर्मा रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार