अवैध लागूऔषध सहित २ जना पक्राउ
२०८२-१०-२५
- A
- A-
- A+
रूपन्देही, सियारी
गाउँपालिका-२
भगदरीबाट अवैध लागूऔषध ब्राउनसुगर
जस्तो देखिने पदार्थ ५ ग्राम सहित २
जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मायादेवी
गाउँपालिका-६
बेथरी बस्ने २५ वर्षीय
उमेश राजभर र २२ वर्षीय
आकाश पासी रहेका छन् । इलाका प्रहरी
कार्यालय बेथरी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा
कार्यालय भैरहवाबाट खटिएको प्रहरीले लु.२९ प २९६६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ
गरेको हो । यस सम्बन्धमा प्रहरीले
आवश्यक अनुसन्धान गरिरहेको छ ।