अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ४ जना पक्राउ
२०८२-११-०८
- A
- A-
- A+
बाँके, खजुरा गाउँपालिका-४ एफ गाउँ ३७ नम्बर चोकबाट अवैध लागूऔषध ब्राउनसुगर
जस्तो देखिने पदार्थ करिब ४० मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले
पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका-१२ बस्ने २८ वर्षीय प्रकाश
रोकाया र २४ वर्षीय आगमन डाँगी रहेका छन् । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको
प्रहरीले बा.प्र.०२-०४ प ०१८३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ
सहित फेला पारी पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध खजुरा
गाउँपालिका-४ बस्ने ४२ वर्षीय गम्भिर थापा मगरबाट खरिद गरेको भन्ने खुल्न आएपश्चात
गम्भिरको घर तलासी अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय ५०
मिलिग्राम सहित फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
रूपन्देही, गैडहवा गाउँपालिका-३ गोबडौरीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६ ग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मायादेवी गाउँपालिका-१ बसन्तपुर बस्ने ३४ वर्षीय जगदिश कुर्मी र गैडहवा गाउँपालिका-४ कुसुमहवा बस्ने ३१ वर्षीय महेश कुर्मी रहेका छन् । इलाका प्रहरी कार्यालय सूर्यपुरा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएका प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा प्रहरीले महेश कुर्मीको घर तलासी गर्दा ब्राउनसुगर जस्तो देखिने पदार्थ ३१ ग्राम ४ सय ७० मिलिग्राम र डिजिटल तराजु फेला बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले
आवश्यक अनुसन्धान गरिरहेको छ ।