अवैध लागूऔषध सहित १ जना पक्राउ
२०८२-१२-२३
- A
- A-
- A+
बाँके, नेपालगंज उपहानगरपालिका-१० चौलिका चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय १० मिलिग्राम सहित रूकुम पश्चिम आठबिसकोट नगरपालिका-१० बस्ने २२ वर्षीय हेमन्त शाहीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।