प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सडक दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

२०८३-०५-२४

  • A
  • A-
  • A+
Share

पाल्पा, तानसेन नगरपालिका–८, माथिल्लो डुम्रेमा डुम्रेबाट प्रभासतर्फ आउँदै गरेको बा.४६ प ८७०२ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार तानसेन नगरपालिका–३, दोभान निवासी २७ वर्षीय युवराज दर्लामीको मृत्यु भएको छ।

मंगलबार राति भएको दुर्घटनामा गम्भीर घाइते दर्लामीको एलएमसी अस्पताल, प्रभासमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते पैदलयात्रीको लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा उपचार भइरहेको छ।

प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको छ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।