प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध (ब्राउन सुगर) सहित मानिस नियन्त्रणमा ।

२०७८-०६-१६

  • A
  • A-
  • A+
Share

बाँके, २०७८ भदौ २२

मिति २०७८।०५।२२ गते अं. १६;४५ बजेको समयमा जिल्ला बाँके नेपालगंज उप‍-महानगरपालिका वडा नं. १५ को चेक प्वाइन्ट स्थित  ईलाका प्रहरी कार्यालय जमुनाह बाँके र लागु औषध ब्युरोको संयुक्त टोलिले जिल्ला बाँके कोहलपुर नगरपालिका वडा नं. १५ चन्नहवा बस्ने बर्ष २८ को रामदेव थारुलाई शंका लागि चेकजाँच गर्ने क्रममा निजले चप्पलमा लुकाई ल्याएको ४ ग्राम ५ मिलि ग्राम ब्राउन सुगर फेला पारी मानिस सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय जमुनाह बाँकेमा राखी अन्य थप अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित २ जना पक्राउ
२०८३-०४-१९

बाँके, नेपालगंज उपमहानगरपालिका-४ बाट अवैध लागूऔषध खैरो हेरोइन १ सय ५३ ग्राम ९ सय ५० मिलिग्राम सहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-४ बस्ने ३० वर्षीय सुशिल भण्डारी र सोही उपमहानगरपालिका-१० बस्ने ५५ वर्षीय अरूण कुमार जयसवाल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा प्रहरीले अरूण कुमारको घर तलासी गर्दा थप ४ सय २५ ग्राम खैरो हेरोइन, नगद १ लाख ८० हजार नेपाली रूपैयाँ, २ लाख १४ हजार भारतीय रूपैयाँ र डिजिटल तराजु १ थान समेत फेला पारी बरामद गरेको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।